साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विशिष्टहरुको शिष्ट वक्तव्य

यतिविघ्न काम गरेर देशलाई रसातलका डिलमा पुर्याउने हामी महान् पुरूषहरुलाई हाम्रो योगदानको तुलनामा एकदमै थोरै सुविधा दिन खोज्दा पनि कोकोहोलो मच्चाउने मूर्खहरुप्रति हामी खेद व्यक्त गर्दछौँ ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

(विशिष्टहरूकाे याे शिष्ट वक्तव्य सामाजिक सञ्जालबाट जरक्क उठाएर तात्तातै यता सरक्क सारिएकाे हाे ।)

देश र जनताको सेवा गर्दागर्दै आफ्नो सम्पूर्ण जीवन समाप्त गरेर लखतरान भएका हामी विशिष्ट व्यक्तित्वहरुलाई सरकारले दिन खोजेका सेवा सुविधाको विरोध गर्नेहरुप्रति हामी खेद व्यक्त गर्दछौँ । हामी पूर्व विशिष्टहरुलाई कानून बनाएर सबैका लागि सधैँका लागि ढुक्क हुन खोजेको सरकारलाई हाम्रो पूर्ण समर्थन र सहयोग रहनेछ । हामीले हाम्रो कार्यकालमा गरेको योगदानका लागि पेन्सनस्वरूप दिन खोजिएको सुविधा सोह्रै आना उपयुक्त छ । कसैको बहकाउमा नलागी सरकारले यो निर्णय तुरुन्त गरोस् र लागु गरिहालोस् ।

२०४६ सालपछिका हामी विशिष्टहरुले देश र जनताको उन्नतिका लागि गरेका महान् कार्यहरु जगजाहेरै छन् । ऊ बेला कुनै दिन जनताको हितका लागि हामीले गिटी, अलकत्रा, पुल र जहाज जस्ता अखाद्य वस्तुहरु खानुपरेको थियो । कतिपटक हामीले खसिबोका झैँ किनबेच हुनुपरेको थियो । इतिहासमा लोग्ने जातका भएर पनि सुत्केरी हुने जस्तो विशिष्ट कार्यहरु सम्पन्न गर्नुपरेको थियो ।

हामी विशिष्टहरुले नै हो, त्यत्रो वर्ष ‘जनयुद्ध’ लडेर बाह्र–चौध हजार जनताका छोराछोरीलाई शहीद बनाएर मुलुकलाई संसारभरि परिचित गराएको । अनेक चमत्कार गरेर नयाँ नेपाल बनाएको । कसैले हाम्रो त्यो योगदानलाई भुल्न मिल्छ ?

देशको विकास गरेर नेपाललाई संसारकै एक नमूना देश बनाउने घोषणा कसले गर्यो ? हामीले । ठूलाठूला हाइड्रोपावर निर्माण गरेर विदेशमा समेत बिजुली बेच्ने कुरा कसले ल्यायो ? हामीले । हिमाल, पहाड र तराईमा सडकको जालो बिछ्याएर मुलुकलाई विकासको चरमचुलीमा पुर्याउने सपना कसले बाँड्यो ? हामीले । झापादेखि कन्चनपुरसम्म दौडिने विद्युतीय रेलमा हुलेर नेपाली जनतालाई फिलिलि पारेर कसले उडायो ? देशका ठाउँठाउँमा बनेका सुरूड मार्गबाट नेपाली जनतालाई यताबाट उता उताबाट यता फुत्तफुत्त पुर्याउने घोषणापत्र कसले जारी गर्यो ? नेपालका ठूलाठूला शहरहरुमा मेट्रोट्रेनको जालोले ढपक्कै ढाक्ने कुरा कसले उठायो ?

पर्यटन, उद्योग, कलकारखाना, कृषि, जडिबुटी आदि क्षेत्रमा अभूतपूर्व विकास गरी नेपाललाई विश्वको नयाँ गन्तव्यस्थल बनाउने घोषणा कसले गर्यो ? गर्दै गर्दै नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका निर्यात कसले गर्यो ? दर्जनौँ ठाउँका सरकारी र सार्वजनिक जमीन हडपेर, बेचेर कमिशन कसले खायो ? राजनीति भनेको समाजसेवा हो भन्दै राजधानीमा बडाबडा बङ्गला, गाडी, सूनजवाहरात कसलेथुपार्यो ? देशलाई भ्रष्टाचारमा विश्वप्रशिद्ध कसले गरायो ? हामीले, हामीले, हामीले ।

यतिविघ्न काम गरेर देशलाई रसातलका डिलमा पुर्याउने हामी महान् पुरूषहरुलाई हाम्रो योगदानको तुलनामा एकदमै थोरै सुविधा दिन खोज्दा पनि कोकोहोलो मच्चाउने मूर्खहरुप्रति हामी खेद व्यक्त गर्दछौँ ।

हामी विशिष्टहरुले आफ्नो र आफ्ना सातपुस्तासम्मका सन्ततिको बारेमा बेलैमा विचार गर्नुपर्छ । त्यसैले हामी भूतजस्ता भूतपूर्वहरुले गरेका अभूतपूर्व कर्म र योगदानहरुको सम्मान गर्दै वर्तमान अग्रगामी सरकारलाई सहयोग र समर्थन गर्न सबै भूतपूर्व र पछि भूतपूर्व हुने सम्भावित विशिष्टहरुलाई अनुरोध गर्दछौँ ।

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
रिटायर पछिको दैनिकी

रिटायर पछिको दैनिकी

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x