साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म लामो कुरो जान्दिनँ !

शब्द फुटाई, गाली, ढाली, दुनियाँभरका बुट्टा हाली, होश विनाको कोश बनाई, जोशसँग पढ्ने पङ्क्तिलाई, कविता कहिल्यै मान्दिनँ, तिमीलाई कवि ठान्दिनँ, म लामो कुरा जान्दिनँ !

Nepal Telecom ad

वासुदेव लुइँटेल :

(१)

धोका धक्कू धम्कीलाई,
धर्म शब्दमा चट्ट मिलाई,
व्याख्यान गर्ने पण्डितलाई,
उल्टो सुल्टो लप्वा स्वाई,
मेरो भन्नु यत्ति छ-
रातलाई दिन ठान्दिनँ,
त्यस्तो धर्म मान्दिनँ,
म लामो कुरा जान्दिनँ !

(२)

अर्थ नबुझो नारा घोक्ने,
चन्दा उठाई रक्सो धाेक्ने,
ज्याला पाए जुलूस हाँक्ने,
अरोटअनुसार भाषण छाँट्ने,
मौका पारी दुनियाँ ढाँट्ने,
ढोका ढुक्तै मन्त्री ताक्ने,
देश-सेवाको मखुण्डो भिनें,
बलियो देखे टाङमुनि छिनें,
स्याललाई सिह मान्दिनँ,
म लामो कुरा जान्दिनँ !

(३)
शब्द फुटाई, गाली, ढाली,
दुनियाँभरका बुट्टा हाली,
होश विनाको कोश बनाई,
जोशसँग पढ्ने पङ्क्तिलाई,
कविता कहिल्यै मान्दिनँ,
तिमीलाई कवि ठान्दिनँ,
म लामो कुरा जान्दिनँ !

०००
‘बिहान, वर्ष १ अङ्क २, २०२० साउन-भदौ-असोज
भीमसेनपाती (२०२७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
फेरि दर्शन पाइनँ !!!

फेरि दर्शन पाइनँ !!!

वासुदेव लुइँटेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x