साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निम्तालुमा नाम दरिएन

स्वास्नीको निम्तामा लोग्ने आयो प्रगतिशीलको पदवी पायो । हल्ला गर्ने, साइनु पर्ने, सबका सबले निम्ता पाए ! भूल आफ्नै हो मौका छोपी चाकरी गरिएन, निम्तालुमा नाम दरिएन !

Nepal Telecom ad

वासुदेव शर्मा लुइटेल

(१)
कखरासम्म नखारेकी कप्तान्नीले
कवि सम्मेलनको निम्ता पाइन् ।
ज्वाइँ साहबको धक्कु लाइन्,
चिनियाँ पुतली हाँस्तै आइन्,
कविता सुन्दै अलख मिलाइन्,
विधाम पारी पाउडर लाइन् ।
ग्राफूचाहिँ –
निम्ता दिनेको नाता परिएन,
त्यसैले होला –
निम्तालुमा नाम दरिएन !

(२)
बागवजारमा बरफ बेच्नेले
पार्टी सदस्यको नाता लायो,
अतिथि सत्कार समितिमा ठाउँ पायो,
थर्मस थन्क्याई सिंहदरबार धायो,
बिदाइ भोजमा दुई बोतल खायो ।
आफूले त
झण्डा बोक्ने काम गरिएन,
अनि निन्तालुमा नाम वरािएन !

(३)
सांस्कृतिक कार्यक्रममा हुल्याहा आए,
मेच ठटाए, सिट्टी बजाए ।
गण्यको लहरमा ड्राइभर आयो,
बल्कोनीमा बस्न पायो ।
मान्यको निम्तो पुरोहितले पाए,
टोलभरिमा धक्कु लाए ।
बदाम बेच्ने साहू गनिए,
तमाखु पसले महाजन भनिए,
दरबारियामा ढोके आयो,
धाकले गर्दा निम्ता पायो ।
कलाकारमा बाङ्गे आयो,
काउचमा बसी भटमास खायो ।
विदेशी प्रतिनिधि हजाम आयो
चून मिसाई सुर्ती खायो ।
स्वास्नीको निम्तामा लोग्ने आयो
प्रगतिशीलको पदवी पायो ।
हल्ला गर्ने, साइनु पर्ने,
सबका सबले निम्ता पाए !
भूल आफ्नै हो
मौका छोपी चाकरी गरिएन,
निम्तालुमा नाम दरिएन !

०००
‘भीमसेनपाती’ (२०२७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
फेरि दर्शन पाइनँ !!!

फेरि दर्शन पाइनँ !!!

वासुदेव लुइँटेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x