साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्न लेखक के गाह्रो ?

बन्न लेखक के गाह्रो ? प्रतिभा किन चाहियोस् ? नसक्ने द्रव्यले के छ ? मात्र द्रव्य थुपारियोस् म त यौटा हुँ दृष्टान्त,मजस्ता कति छन् कति ।

Nepal Telecom ad

भाषा भर्दछ यौटाले अर्कोले भाव भर्दछ
शैली भर्दछ अर्कैले अर्कैले प्राण भर्दछ
कोरेकै भरमा खाका गनिन्छु ‘श्रेष्ठ लेखक’
द्रव्यको भित्रिया खेला के पो बुझ्छन् र पाठक !

आफ्नै खर्च गरी ग्रन्थ शानले म छपाउँछु
प्रकाशक कुनै ठूलो संस्थालाई बनाउँछु
विमोचन गराएर खादा-माला-अबीरले—
पुरिई मञ्चमा बस्छु गम्किँदै अभिमानले

पालेको छु दिई चारो प्यारो भजनमण्डली
गर्छन् कीर्तन, थाक्तैनन् गाएर विरुदावली
पड्काउँछु पुरस्कार ठूलो आफ्नै म दामले
नपछ्याई धरै छैन मलाई मान-नामले

खर्च जत्ति हुने मेरै, आयोजक हुने अरू
चाहे त्यो होस् पुरस्कार या तक्मा पदवीहरू
प्रतिष्ठान छिटै खोल्छु म आफ्नो नाममा अब
र, पुरस्कारका भोका लाग्नेछन् लाममा सब

बन्न लेखक के गाह्रो ? प्रतिभा किन चाहियोस् ?
नसक्ने द्रव्यले के छ ? मात्र द्रव्य थुपारियोस्
म त यौटा हुँ दृष्टान्त,मजस्ता कति छन् कति
छ बाटो सजिलो किन्तु गोपनीय छ यो अति ।

बारा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
0
Would love your thoughts, please comment.x
()
x