साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोट

आज अचम्म भो छोरी, लघुकथा नै फुरेन । हरेक दिन तीनचार फुर्थे । किन होला ? कल्पनाशक्ति नै नेताजीको नैतिकता जस्तो भयो । किन होला छोरी ?

Nepal Telecom ad

अचम्म भो आज, यो अचम्म भो, आफ्नै साथी गजलकारको गजलसङ्ग्रहको नाम सम्झियो प्रोफेसर रघुनाथ आदर्शले एउटा पनि लघुकथा लेख्न सकेन । साना साना कुराहरूमा पनि कथा बुन्ने मान्छे, कथाको फ्रेमानुसार होला न होला, त्यो बेग्लै कुरा । तर आज अचम्म भो । घरभित्र पनि केही विषय पाएन । राजनीतलाई कति छुने । उही लालबन्दी, वीरेन्द्रलाल बन्दुके, उही, घाम, उही, रुख, लौरो, कलम, उही क्याम्पस, उही साहित्यिक पुरस्कार, उही मायाप्रेम, प्राप्ति अप्राप्ति, लाइक, कमेन्ट, उही दामिनी कामिनी, रामदेव, कामदेव, वामदेव, दामदेव, उही सासू बुहारी सदाबहार जुहारी, कति लेख्ने ? रित्तो महशुस गर्यो आफूलाई ।
आयो छोरी सुपृया अजया खुशीको फोन ।

सुखदुःखका कुराहरू गर्यो । “बा, यता सबै राम्रै छ । जीवन जीवनजस्तै छ । हजुरले जुन शिक्षा र दीक्षा दिएर हुर्काउनुभयो, त्यो ऊर्जाले मौका पाए यो क्यानडा नै व्यवस्थापन गरौंला जस्तो हिम्मत आउनेगर्छ । ताल मिलेको छैन, यता ल्याउने भनेको । त्यता के छ ? भिडिओहरू हेर्दा त सबै ओक्के छ जस्तो लाग्छ । आमाको खबर ? अरू अरू ?”

“उही थेगो छोरी, ओक्के जति सबै ओक्के छ, मेरो आफ्नै सिद्धान्त छ, उनको आफ्नै शैली, उनलाई प्यारो उही होली, मलाई देउसी भैली ! आज अचम्म भो छोरी, लघुकथा नै फुरेन । हरेक दिन तीनचार फुर्थे । किन होला ? कल्पनाशक्ति नै नेताजीको नैतिकता जस्तो भयो । किन होला छोरी ?”

“आज कुनै पनि ‘चोट’ खानु भएन !” फोन काटियो । यता लाइन गयो ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x