साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्मृतिमा शाश्वत व्यङ्ग्यशिल्पी भैरव अर्याल

जीवनरथसँगै आइपर्ने चौतर्फी चुनौतीहरूलाई सामना गर्दै अर्याल अघिबढ्नु भएको भए परिमाण र गुण दुवै हिसाबले नेपाली साहित्यको भण्डार अझ समुन्नत हुने निश्चित थियो तर अर्यालले त्यसो गरेनन् ।

Nepal Telecom ad

निर्मल अर्याल :

निर्मल अर्याल

मागी पाइने भिखभन्दा आफ्‌नै भोक मिठो
रोई रोई बाँच्नु भन्दा हाँसी मर्नु निको

नेपाली हास्यव्यङ्ग्य साहित्यका शाश्वत शिल्पी भैरव अर्यालले सायद आफैलाई केन्द्रमा राखेर यी कालजयी हरफ रच्नु भएको थियो । रोग तथा भोकले आक्रान्त अर्यालले निरश जीवनलाई पूर्णविराम दिने क्रममा अन्ततः ४० वर्षको अल्पायुमा आत्महत्या गरे, गोकर्णस्थित पुलबाट वागमती नदीको खाँचमा हाम फालेर । वि.सं १९९३ असोज ५ गते जन्मनु भएका अर्यालले २०३३ अत्सोज १९ गते मृत्युवरण गरे । मोतीराम भट्टपछि सम्भवत सबैभन्दा कम उमेरमा निधन भएका स्थापित नेपाली साहित्यकार अर्याल नै हुन् । नेपाली साहित्यकारहरूको ज्ञात इतिहासमा आफै आफ्‌नो देहपात गर्ने अर्याल नै पहिलो साहित्यकारको रूपमा दर्ज भएका छन् ।

२००९ सालबाट कविता मार्फत् उनको साहित्यिक यात्रा शुरु भएको थियो । कुन्तादेवी भट्टराई सम्पादक रहनु भएको प्रतिभा पत्रिकामा नयाँ जीवन शीर्षकको कविता प्रकाशित गरी उहाँ औपचारिक रूपमा साहित्यिक क्षेत्रमा प्रवेश गरेका हुन् । ४० वर्षमा देहत्याग गरे पनि नेपाली साहित्यका लागि उनको उमेर करिब दुई दशक सम्म मात्र उर्वर रह्यो । ३५ वर्ष पूरा भएपछि उनको सिर्जनाशक्तिमा ठूलो ह्रास आएको वरिष्ठ समालोचक समेत रहनु भएका प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी बताउँछन् । त्रिपाठीका अनुसार अर्यालको साहित्यिक यात्राको मोटामोटी चरण-विभाजन यसप्रकार गर्न सकिन्छ ।

१ पृष्ठभूमि र पूर्वाभ्यासको अवधि (२००५-२०१२) प्रथम चरण
२. उदय र अभ्यासको अवधि (२०१३-२०१७) : द्वितीय चरण
३. विकासशील र परिपाकोन्मुख अवधि (२०१८-२०२८) तृतीय चरण
४. ड्रासोन्मुख अवधि (२०२९-२०३३) चतुर्थ चरण (शाश्वत् व्यङ्ग्य शिल्पी-२०७२)

जीवनप्रतिको चरम निराशाका कारण अन्तिम दशकमा अर्यालले पटक पटक आत्महत्याको प्रयास गर्नु भएको थियो। यस अर्थमा नेपाली साहित्यले अत्यन्त कम समय मात्र उनको उर्जाशील तथा सिर्जनशील दिमागको सामीप्यता पायो भन्न सकिन्छ । अर्यालद्वारा स्थापित भएको हास्यव्यङ्ग्य साहित्यको फाँटले समग्र नेपाली साहित्यको परिधिलाई अझ बलशाली बनाएको छ। अर्यालले हास्यव्यङ्ग्य साहित्यको खुल्ला मैदानमा आफ्‌नो परिचय स्थापित गराएको भने बिलकुल होइन। केशवराज पिँडाली, वासुदेव लुइँटेल, दाताराम शर्मा जस्ता मूर्धन्य हास्यव्य‌ङ्ग्यकारकै युगमा जन्मिएर व्यङ्ग्य साहित्यको कुक्षेत्रमा अर्यालले आफ्‌नो उच्च श्रेष्ठता प्रमाणित गरे । समग्र जीवन ४० वर्षसम्म बिताएपनि अर्यालकै शब्दमा वेला वेलाको मरणासन्न अस्वस्थता र घनघोर गरिबीसँगको निरन्तर युद्धले उनको जीवन २० वर्षपछि नै थिलथिलो हुन पुगेको थियो। अन्य शारीरिक कमजोरीहरूसँगै असाध्यै पीडा दिएको घाँटीको समस्याले उनलाई पटक पटक गाँजेको थियो । आफूबाट सम्भव नभएपछि विभिन्न स्रोत साधन जुटाउँदै उपचारका लागि भारत र जर्मनीसम्म पुगे पनि उहाँको शारीरिक अवस्था सुध्रिएन, झन् कमजोर हुँदै गयो, मानसिक स्वास्थ्य समेत अझ जटिल भयो ।

६ सन्तानको भरणपोषणका लागि उनले कहिले शिक्षकको भूमिकामा देखिनु भयो त कहिले पत्रकारको । २०११ सालदेखि २०१३ सम्म पोखरा कन्चनीडाँडास्थित नवानी प्राथमिक विद्यालयमा शिक्षक रहेका अर्याल २०१३ देखि २०१५ सम्मको राजधानीको पासिखेलस्थित इन्द्रायणी विद्यालयमा आबद्ध रहे। आफ्ना एक प्रिय विद्यार्थीको पौडी खेल्ने क्रममा निधन भएपछि अत्यन्त संवेदनशनील व्यक्तित्व अर्याल मानसिक रूपमा विक्षिप्त हुँदै पोखरा छाडेर राजधानी प्रवेश गरे । कञ्चनीडाँडास्थित भवानी प्राथमिक विद्यालयमा अर्यालका शिष्य रहनु भएका वरिष्ठ राजनीतिज्ञ (पूर्व सभामुख तारानाथ रानाभाट) अर्याललाई अत्यन्त मेहनती तथा विलक्षण शिक्षकको रूपमा स्मरण गर्छन् । भाषामा विशेष दख्खल राख्नुहुने अर्याल २०१५ सालपछि हालखबर दैनिकमा आबद्ध भएर पत्रकारितातर्फ आर्कषित भएको उनका आत्मीय मित्र वरिष्ठ पत्रकार भैरव रिसाल (दिवंगत) बताउँछन् । हालखबरमा अर्यालका चोटिला व्यङ्ग्यहरू छापिन थालेपछि पत्रिकाको विक्री पनि ह्वात्तै बढेको रिसाल स्मरण गर्छन् ।

समाजका बेथिति र काला कामको विरुद्ध हास्यव्यङ्ग्य विधा मार्फत अर्यालले हान्नु भए‌को बेजोड वाणप्रति आफ्‌नो सधै ठूलो सरहाना र सम्मान रहेको रिसाल बताउँछन् । हालखबर दैनिक, सगरमाथा संवाद समिति हुँदै गोरखापत्र संस्थान पुगेका अर्यालले उपसम्पादक, सहायक सम्पादकसम्मको भूमिका निर्वाह गरे । सम्पादन कलामा माहिर अर्यालको रोहवरमा तत्कालीन समयमा धेरै नवआगन्तुक साहित्यकार तथा पत्रकारहरूले पछिसम्मका लागि दहो लय समातेको उहाँका अर्का घनिष्ठ मित्र रोचक घिमिरेको भनाइ छ । अर्यालकै कडा मेहनतका कारण गोरखापत्रको शनिवासरीय अङ्क निकै स्तरीय बन्न पुग्यो घिमिरे भन्छन् । अर्यालकै प्रत्यक्ष निगरानी र सर-सल्लाहमा धेरै प्रतिभाशाली लेखकहरूको जन्म भएकाले आजसम्म पनि पत्रकारितामा अर्याललाई रोलमोडल मान्नेको जमात ठूलै छ । संस्कृत पृष्ठभूमिबाट आएपनि पछि अंग्रेजी भाषा सिक्दै अर्यालले विदेशमा समेत गई पत्रकारितको तालिम लिएका थिए। घिमिरेका समेत अर्यालबाट आफूहरू निकै प्रभावित भरको बताउँछन् ।

भैरव दाइले स्थापना गरिदिएको व्यह‌व साहित्यको जगमा नै हामीले पछि हालीमुहाती तथा थप रोमान्स गरेका हौं मदनकृष्ण श्रेष्ठ भन्छन्। त्यस्तै आचार्य पनि भैरव अर्यालकै व्यङ्ग्य साहित्यबाट प्रभावित भएर व्यङ्ग्य साहित्यमा प्रवेश गरेको र नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटा महाकदि भए झै अर्याल महा-हास्यव्यङ्ग्यकार भएको सगर्व बताउँछन् । मह जोडीले विगतमा भैरव अर्यालको तस्विरमा माल्यार्पण गरेर मात्र गाईजात्रा कार्यक्रम सुरु गरेको इतिहासबाट पनि अर्यालप्रतिको महजोडीको असीम श्रद्धा देखाउँछ ।

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे अन्तर्राष्ट्रिय स्तरको हास्यव्यङ्ग्य साहित्यसँग समेत प्रतिस्पर्धा गर्न सक्ने ल्याकत केवल अर्यालमा रहेको बताउँछन् । पाठ्यक्रममा रहेका अर्यालका लेखहरूबाट प्रभावित हुने अहिले पनि हजारौ छन् । यसै प्रस‌ङ्गमा चर्चित साहित्यकार कृष्ण धारावात्ती लेख्छन्, पाठ्यपुस्तकमा अरू क-कसका लेख र कथाहरू थिए, थाहा छैन, तर भैरव अर्याल फलामको अक्षर भएर बसेका थिए मेरो मस्तिष्कमा, व्यङ्ग्यको तिक्ष्णताबाट हेर्दा उनले अरूलाई धेरै नै तल छाडेका छन्, अर्याललाई पढेरै नै मैले व्यङ्ग्य लेखनको कला सिकेको हुँ । अनुसार नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट स्थान कायम गरेको रचना को नामाकरण पनि अर्थात अगुवाईमा भएको थियो ।

त्यसो त उच्च कोटीका हास्यव्यङ्ग्यकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ व्यङ्ग्य साहित्य मार्फत् अर्यालले सामाजिक विकृति विसङ्गति माथि निर्मम प्रहार गरेका छन् । राजनीतिलाई मागी खाने भाँडो बनाउने नेताहरूको पृष्ठभूमिमाथि कटाक्ष गर्दै नेता नम्बर एक सय एक (जयभुँडी) शीर्षकको निबन्धमा अर्याल लेख्छन्-
चोरी चकारी नगरी चतुऱ्याइँ हुन्न
दङ्गा फसाद नगरे इज्जतै रहन्न
सोझा र सज्जन कबै नलिनू दलैमा
पार्टी चलाउनु सधैं छल औ बलैमा
अर्यालले अहिलेको भद्रगोललाई कल्पना गर्दै झन्डै पाँच दशकअघि लेखेकाे लेखले उनको दूरदर्शीता झल्काउँछ । जयभोली शीर्षकको निबन्धले हाम्रो प्रशासन संयन्त्रको आजको काम गराइलाई दुरुस्त चित्रण गरेको छ ।

त्यस्तै राजधानीको अहिलेको कुरूप अवस्था व्याक्कै मिल्नेगरी अमरावती कान्तिपुरी नगरी (जयमुँडी) मा अर्याल लेख्छन्
‘पथ सात फुटे बस नौ गजको
सिट बीस भए भिड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अमरावती कान्तिपुरी नगरी

त्यसो त अर्याल सृ‌ङ्गारिक कविताहरूमा पनि उत्तिकै सिद्धहस्त देखिन्छन् । प्रज्ञाप्रतिष्ठानले २०२२ बाट सुरु गरेको राष्ट्रिय कविता महोत्सवको पहिलो संस्करणको स्वर्णधारी अर्याल नै हुन्। आराधना नैतिकताको शीर्षक कविता मार्फत पहिलो स्थान हासिल गर्दै अर्यालले कवितामा पनि आफू अब्बल रहेको सावित गरे । उहाँको पहिलो कविता स‌ङ्ग्रह उपवन बाट प्रभावित भएर नाट्य सम्राट बालकृष्ण समले सोही पुस्तकमा लेख्नुभएको भूमिकाको सार यसप्रकारको छ अर्यालजी उदयीमान एक तारा हुनुहुन्छ, हाम्रो साहित्याकाशले उहाँलाई गौरवान्वितभई धारण गर्नेछ ।

तत्कालीन शासन प्रणालीमाथि कटु व्यङ्ग्य सहित अर्यालले लेखेको कुकुर स्वर्ग हुँदा शीर्षकको कविता उत्कृष्ट हुँदाहुँदै २०३३ सालको ‘गाईजात्रा’ मा वाचन गर्न प्रतिबन्ध लगाइएको थियो । पितृसतात्मक युगमा पनि महिलाको आत्मसम्मानलाई उच्च प्राथमिकता दिने अर्यालका कालजयी हरफले अहिले पनि निर्मला हत्याकाण्ड जस्तै दैनिकका बलात्कारका घटनाबाट बदनाम तथा लज्जीत हाम्रो समाजलाई गतिलो झापड दिएको छ । ‘जुनराज्य मित्र गुजन्छ एउटी नारीको क्रन्दन :

कसरी त्यसले उन्नति गर्ला भनेर मानूँ म’ (विरही राम)
आफ्‌ना उत्कृष्ट व्यङ्ग्य रचनाहरूका कारण अर्याल आम नेपालीको मनमस्तिष्कमा विराजमान भए ।

भनिन्छ कुनै समय नेपालीहरूको घरमा तीन वटा पुस्तक विनाको दराज नै भेटिदैनथ्यो । मानुभक्त आचार्यको रामायण, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र भैरव अर्यालको जयमुडी। यस अर्थमा अर्याललाई भाग्यमानी मान्न सकिन्छ तर अफसोध अर्यालले सधैं आफूलाई भाग्यले ठगेको महसुस गरिरहनु भयो। अर्यालकै शब्दमा कार्यालयका सहकर्मी सहित केही साथीभाइ, प्रकाशकहरूका कारण उहाँ निरन्तर बौद्धिक शोषणमा पर्नु भएको थियो । त्यसैले बाहिरी आवरणमा सबैलाई हँसाउने भएपनि नित्री वृत्तमा उनीभित्रको भैरव क्रमशः निराश भइरहेको थियो।

निरन्तरको विमारीले उहाँमा यप ग्लानी सिर्जना गरिरहेको थियो । जीवनरथसँगै आइपर्ने चौतर्फी चुनौतीहरूलाई सामना गर्दै अर्याल अघिबढ्नु भएको भए परिमाण र गुण दुवै हिसाबले नेपाली साहित्यको भण्डार अझ समुन्नत हुने निश्चित थियो तर अर्यालले त्यसो गरेनन् । रोगमाथिको भोक, ज्ञात अज्ञात व्यक्तिहरूबाट भए‌को लगातारको बौद्धिक शोषणबाट शिथिल भएका अर्यालले आत्महत्यालाई नै उत्तम विकल्प ठाने । अर्यालको आत्महत्यालाई लिएर त्यतिबेलाका सञ्वार माध्यमहरूमा मात्र नभई चोकचोकमा समेत सार्वजनिक टिका टिप्पणीहरू भए तर उनलाई नजिकबाट चिन्नेहरूका लागि भने यो अप्रत्याशित घटना थिएन किनकि अर्यालले विगतमा पनि पटक पटक आत्महत्याको प्रयास गरेको घटनाबारे उनीहरू जानकार नै थिए ।

कतिले उनलाई कायर भने त कतिले लाछी। तर उनका अत्यन्त निकटका मित्र लोकप्रिय आख्यानकार रमेश विकल भने अर्यालको आत्महत्यालाई युगचेतनाले गरेको हत्या को संज्ञा दिन्छन् । अर्यालको आत्महत्याको समाचारले आफन्त, शुभचिन्तक तथा साहित्यप्रेमीहरू स्तब्ध हुनु स्वभाविक नै थियो। आत्महत्या भन्दा ठिक अघि आफू कार्यरत संस्था (गोरखापत्र संस्थान) लाई पठाएको पत्रमा अर्यालले कलम वा कोदाली केही पनि चलाएर आफू र आफ्‌ना आश्रितलाई संरक्षण दिन या देशको निम्ति केही गर्न नसक्ने भएकाले अब बाँच्नु पनि बेकार भएको उल्लेख गरेका छन् ।

आत्महत्या गर्नु भन्दा ११ दिनअघि आफ्‌ना ६ सन्तानको नाममा मार्मिक पत्र लेख्दै अर्यालले आफूले जानी जानी कुनै पनि अपराध नगरेपनि अनाहकमा दुर्नियाभरीका पाप आफ्‌नो थाप्लामा थाप्नुपरेको उल्लेख गरेका छन् । कुनै अपराध गरिन तर धेरै आरोप लाग्यो भनेर उनले चिठी टुङ्ग्याएका छन् । आफूलाई निर्दोष पुष्टि गर्न उनले २०३३ भाद्र ५ मा लेखेको मर्मस्पर्शी हरफ यस्तो थियो

तँ कतै छस् भन्ने सुन्लास्
सुनिस् भने भनिहाल्लास्
मेरो चीत्कार मित्रको यो
निर्दोष अजान थ्यो

साहित्यकार कृष्ण धारावासी लेख्नुहुन्छ, गैरव अर्यालको मृत्युलाई म आज पनि सहज नान्दैिन । कुनै पनि असहज मृत्युहरू मानव सभ्यताका लागि नै दुर्भाग्य हो। भैरव दाइलाई भौतिक रूपमा उसैबेला (२०३३) गुमाए पनि बौद्धिक रूपमा कहिल्यै गुमाउनु हुँदैन ।

०००
कल्पतरू, ११५ (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्निपरीक्षा

अग्निपरीक्षा

किशन पाैडेल
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x