भैरव पुरस्कार (२०८०) पौडेललाई, वाङ्ममय- सुवेदीलाई, दाहाललाई प्रतिभा पुरस्कार
अनुमोदित नामहरूमा २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको भैरव वाङ्मय पुरस्कार प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने गुठीले जनाएको छ ।
काठमाडौं, ०८० असोज २ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलवार सार्वजनिक गरेको छ ।
भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो ।
अनुमोदित नामहरूमा २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।
त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको भैरव वाङ्मय पुरस्कार प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने गुठीले जनाएको छ ।
त्यसैगरी ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिने भएको छ ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्वय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहनु भएको चयन समिति गठन गरेको थियो ।
भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शुक्रवार राजधानीको गोकणर्ेश्वर- ५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार गुठीको साधारण सभा पनि सोही दिन हुनेछ ।
०००
Subscribe
Login
0 Comments
Oldest