सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ वर्ष

फेरि एकचोटि नयाँ वर्ष आएको छ फेरि एकचाटि भित्ताको नयाँ क्यलेण्डरमा आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ फेरि एकचोटि सँगी साथीहरूको सूची बनाउनु छ ।

Nepal Telecom ad

भूपी शेरचन :

नयाँ सरुवा भई आएको हुलाकेझैँ
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिंडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीका लेङ्गुर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्…ट्वाक्….ट्वाक्…ट्वाक्…
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो
अनुहार पारेर
बेमौसमको वर्षात
बेला–कुबेलाको बादलको गड्याङ–गुडुङ
आकाशलाई पखालो लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ,
सहनाईको बेसुरा धुनबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहररू
मध्याह्न दिन
चर्को घाम
सारा रुखहरूले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचाटि
भित्ताको नयाँ क्यलेण्डरमा
आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ
फेरि एकचोटि
सँगी साथीहरूको सूची बनाउनु छ
फेरि एकचोटी
भयानक बमहरु बोकेर, उडिरहेको हवाईजहाज
र रकेटहरूमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र।

०००
घुम्ने मेचमाथि अन्धाे मान्छे (२०२६)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’