साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष

फेरि एकचोटि नयाँ वर्ष आएको छ फेरि एकचाटि भित्ताको नयाँ क्यलेण्डरमा आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ फेरि एकचोटि सँगी साथीहरूको सूची बनाउनु छ ।

Nepal Telecom ad

भूपी शेरचन :

नयाँ सरुवा भई आएको हुलाकेझैँ
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिंडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीका लेङ्गुर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्…ट्वाक्….ट्वाक्…ट्वाक्…
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो
अनुहार पारेर
बेमौसमको वर्षात
बेला–कुबेलाको बादलको गड्याङ–गुडुङ
आकाशलाई पखालो लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ,
सहनाईको बेसुरा धुनबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहररू
मध्याह्न दिन
चर्को घाम
सारा रुखहरूले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचाटि
भित्ताको नयाँ क्यलेण्डरमा
आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ
फेरि एकचोटि
सँगी साथीहरूको सूची बनाउनु छ
फेरि एकचोटी
भयानक बमहरु बोकेर, उडिरहेको हवाईजहाज
र रकेटहरूमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र।

०००
घुम्ने मेचमाथि अन्धाे मान्छे (२०२६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x