साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षको शुभकामना

प्यारो नयाँ वर्ष छिमेकीको घरमा समृद्धिका पोका फालेर आउनु । अँध्यारोलाई अँध्यारो नै हुन दिनु, उज्यालोमा बत्ती बालेर आउनु ॥ हामी निकै शक्तिशाली छौँ, केही नगरि नयाँ वर्ष ल्याउन सक्छौँ । मसान्तको राति बाह्र बजे, सुटुक्क- खुसुक्क पाइला चालेर आउनु ॥

Nepal Telecom ad

गायत्री लम्साल :

अजम्बरी भि.आई.पी. हरूलाई ३३ क्विन्टल सुन लिएर आओस् ।
अभावले मर्नु पर्र्ने अमीरहरूलाई १२ पोका नुन दिएर आओस् ॥
हरेक वर्ष आउनै पर्ने भएपछि नदौडिकन बिस्तारै आउनु है ।
जति खाएपनि नअघाउने खञ्चुवा मनलाई सियर आओस् ॥

सिङ्गापुर र स्वीजरल्याण्ड मात्र होइन, सबै देश बोकेर आउनु ।
बेइमानको प्रतिष्ठा खोज्ने ढोँगीहरूलाई सलाम ठोकेर आउनु ॥
खुट्टा कमजोर नपार्नु प्रिय नयाँ वर्ष, तिमीलाई कसैले रोक्दैन ।
झ्याउ हुन्छ दिनदिनै दारु पिउन, एकै पटक सबै धोकेर आउनु ॥

मन्त्रीका कूर्ची फालाफाल, सबैलाई पुग्नेगरि बनाएर आउनु ।
बन्द, जात्रा, काण्ड, चक्काजाम जे भए पनि रमाएर आउनु ॥
आफू ठूलो हुनलाई, थुतुनो नै निकै चर्को चलाउँछन् यहाँ ।
ढुक्कसँग एक वर्षको लागि एउटै सरकार समाएर आउनु ॥

प्यारो नयाँ वर्ष छिमेकीको घरमा समृद्धिका पोका फालेर आउनु ।
अँध्यारोलाई अँध्यारो नै हुन दिनु, उज्यालोमा बत्ती बालेर आउनु ॥
हामी निकै शक्तिशाली छौँ, केही नगरि नयाँ वर्ष ल्याउन सक्छौँ ।
मसान्तको राति बाह्र बजे, सुटुक्क- खुसुक्क पाइला चालेर आउनु ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x