साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथातो भालुजिज्ञासा

त्यसैले व्यासका अठार पुराण निष्क्रिय भई एउटा नयाँ पुराणको खोजी गरिरहेको आजको विश्वलाई हाम्रो जस्तो पुराण रुचिकर नै लाग्ला भन्ने हाम्रो विश्वास छ ।

Nepal Telecom ad

कुरो र कुलो जता लगे पनि जान्छ भन्छन् । जाँदो रे’ छ कि रै’ न छ त भनी ठट्टाठट्टैमा कुनै एउटा बार्दलीबाट उठेको एउटा कुरोलाई नवग्रहले घिसार्दे र पसार्दै कौवा प्रकाशनका थाप्लामा बिसाइदिए । प्रकाशनले पनि उक्त कुरोलाई मुसार्दे र सा सभागृहसम्म पुर्‍याउने जमर्को गर्‍यो, नभन्दै हो रहेछ, कुरो जता लगे पनि जाँदो रहेछ । ४+५ जना हास्यव्यंग्य लेखक एकै ठाउँमा भेट हुँदा एक जना हितेच्छुले जिस्क्याएको झिनु कुरो लठारिदै र बटारिदै हास्यव्यंग्य साहित्य सम्मेलनको रूपमा परिणत हुन पुगेछ ।

तर कुरो मञ्चबाट ठोक्किएर हो कि झोक्किएर हो श्रोता वर्गको कानमुखमा यसरी पाँज्जियो- ‘हात्ती आयो हात्ती आयो फुस्सा’ । तर फुस्सा ल्याओस् वा घुस्सा ल्याओस्- हात्ती आयो, आखिर अचेलको कुन हात्तीले पो के ले’राउने गरेको छ र, हाम्रो हात्तीले मात्रै सबैलाई डकार्न पुग्ने गरी गजमोतीले ‘राप्रोस्, या हौदाभरि लड्डु पेडा वा सूँडभरि राम मोमो ले’राओस् ! सरदर हाम्रो सम्मेलन पनि ऐजन बमोजिम नै सुसम्पन्न भयो । यो सुसम्पन्नताको वापत धन्यवाद ख्वाउनुपर्नेहरू धेरै हुनुहुन्छ तापनि यो बफेको युगमा फलानालाई यो प्लेट र ढिस्कानालाई ऊ प्लेट गरी बाँड्नभन्दा जस जसले जे जति लिनुपर्ने हो लिनुहोला भनी उसै वेला प्रकाशनको धन्यवाद नाङ्लो पनि तेर्स्याइदिएको थियो, विश्वास छ लिनुभएकै होला ।

सम्मेलन गरेर कौवा प्रकाशनलाई के भयो त ? मानौं कौवालाई बेल पाकेर हर्ष न विस्माद् ! तर आफ्नो चुच्चोले फोर्न नसके पनि बेल पाकेकोमा कौवाले विस्माद् मान्नु हुन्न, फोर्न सक्नेले त फोर्लान्, चुस्न सक्नेले त चुस्लान्को मौसममा पाकेका बेलहरू बटुलेर पसारो पारिदिनुमा हामीले हर्षको अनुभव गरेका गरेका छौं ।

तर पुरोहित सम्मेलनले धेरै प्रस्ताव र संशोधनपछि पुस्तकको नाम जुराइदिएको छ- ‘भालुपुराण’ । आखिर आजको युगलाई हाम्रा धेरै व्यंग्यकारहरूले भालुकै युग मानेका छन्, मानौं नैमिषारण्यका सम्पूर्ण ऋषिहरूले आज भालुको जुनी लिएर हो कि उनीहरूलाई पुराण सुनाउने सूतजीले नै भालुको अवतार लिनुभएर हो, त्यो छुट्टयाउनेले छुट्टयाउँदै गर्लान् वास्तवमा युग आज भालुकै हो । त्यसैले व्यासका अठार पुराण निष्क्रिय भई एउटा नयाँ पुराणको खोजी गरिरहेको आजको विश्वलाई हाम्रो जस्तो पुराण रुचिकर नै लाग्ला भन्ने हाम्रो विश्वास छ ।

०००

कौवा प्रकाशन

‘भालु पुराण’ पहिलो संस्करण २०३१ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
0
Would love your thoughts, please comment.x
()
x