साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीको गाउँ भ्रमण

भाषणको अन्त्यमा नेताजीले गहिरो श्वास फेरे । गाउँलेहरूले पनि परर ताली बजाए । अनि नेताजीलाई गाउँको अर्गानिक कोसेली हजुर भनेर एक क्यानभरि उपहार समेत दिए ।

Nepal Telecom ad

वत्सराज कोइराला :

दशैँ लागिसकेको हुँदा गाउँलेहरू आआफ्नो काममा व्यस्त थिए । आज दिउँसो राजधानीबाट नेताजी आउने कुरा सुनेर मानिसहरू निकै उत्साहित थिए । नेताजीले चुनावपछि बल्ल गाउँ छिर्ने फुर्सद पाएका रहेछन् । उनी गाउँको दशा सुधार्ने वाचा गर्दै धेरैपटक चुनाव जिती सांसद भएका मानिस हुन् ।

ठाउँठाउँमा बाटोघाटो बिग्रेर हिँडी साध्य थिएन । उनी आकाशमार्गबाट आए । विमानस्थलबाट उनको आलिशान गाडी गाउँमा छिर्‍यो । सडकमा खाल्टाखुल्टी मात्र थिएन, पूरै हिलोको साम्राज्य फैलिएको थियो । नेताजीको गाडी अगाडि बढ्नासाथ हिलोले गाडीलाई ग्वार्लाम्म अँगालो हाल्यो । नेताजी मोटरबाट झरे । हिलोले उनको चरणस्पर्श गर्‍यो । गाउँलेहरूले धकेल्दै उनको गाडी हिलोबाट पार लगाए ।

नेताजीलाई पिठ्युँमा बोकेर हिलोबाट उतार्दै एकजना गाउँलेले भन्यो, “नेताजी, यो त हाम्रो गाउँको प्राकृतिक विशेषता हो, हेर्नुस् न, हजुरलाई स्वागत गर्न हिलो नै तयार भइदियो ।” नेताजी मुस्कुराउँदै भित्रभित्रै गम्भीर योजना बनाउन थाले । सोच्दैथिए, यसपटक पनि गतिलै आश्वासनले काम चलाउन पर्ला ।

जनसमूह जम्मा भयो, नेताजीले माइक समाते । “गाउँको समस्या देखेर म अत्यन्तै मर्माहत भएको छु । यो हिलो विकासको पूर्वाधार हो । यही हिलोबाट म विकासको खाल्टो पार गर्ने वाचा गर्छु । यो हिलोले मलाई बहुतै प्रेरणा दिएको छ । अब यो कालो हिलो रहन दिन्न पिच हाल्नेछु, अनि गाउँ धपक्क पारेर बाल्नेछु ।”

भाषणको अन्त्यमा नेताजीले गहिरो श्वास फेरे । गाउँलेहरूले पनि परर ताली बजाए । अनि नेताजीलाई गाउँको अर्गानिक कोसेली हजुर भनेर एक क्यानभरि उपहार समेत दिए । यसपालि पनि गाउँलेहरूलाई झुक्याउन सफल भएकोमा नेता मख्ख पर्दै शहर फर्किए ।

गाउँलेहरूले पठाएको उपहार श्रीमतीलाई दिँदै नेताजीले भने, “हेर त गाउँलेहरूले माया गरेर हामीलाई कोसेलीसमेत पठाएका छन् । क्यानको बिर्को खोल अनि एक गिलास ल्याउ त, उद्घाटन गरिहालौँ ।” श्रीमतीजीले क्यान खोल्दै गिलासमा खन्याइन् । “कालो दही” अर्थात हिलोको लेदोले पो गिलास भरियो ।

०००
हेटौंडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x