साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला – ६२)

हेर्छु घडी अनि प्रातपलामा उठ्तछु लाग्दछु कर्मकलामा ॥ जीवन धान्ने कार्यथलाका पूर्ण गरीकन प्रौढपलाका साथ छ अहिले वृद्ध उमेर तैपनि खट्दछु लोक बुझेर ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

वृद्ध भयो जब शक्ति हरायो
जीवन गल्दा चित्त डरायो
देख्दछ गाह्रो कार्य थलामा
सोच छ गहिरो नित्यपलामा !! ३९६॥

ज्ञान अथाह छ भित्र जमेको
चाह छ हेर्ने लोक रमेको
चिन्तन बढ्छन् साथ अनेक
गर्छ र कसले सत्य विवेक !!३९७॥

धर्म र संस्कृति राष्ट्रियगाथा
भेष र भाषा लौकिक छाता
वृद्ध थलामा छन् सब खाता
हेर्दछ कसले, आज विधाता !!३९८॥

ज्ञान घडाको वृद्ध भँडार
योग र साधन शुद्ध विहार
शास्त्र यहीँ छन् वेद पुराण
मुन्धुम रसिला साथ कुरान !!३९९॥

वृद्धसँगै छन् लोक विधान
हुन् धन भवका गौरव मान
वृद्ध गएपछि जान्छ हराई
आदर गरिए हुन्छ भलाइ !!४००॥

भार नठानौँ वृद्ध उमेर
सार निकालौँ तथ्य बुझेर
भित्र छ गहिरो ज्ञान भँडार
ख्याल नराखे पस्छ हुँडार ॥४०१॥

फाँट गरा सब झोस घुमाई
जे जति सारा दुःख भुलाई
आउँछ थलमा वृद्ध उमेर
बुद्ध समान छ चिन्तन हेर ॥४०२॥

पूर्वपलाका युद्ध जितेर
साथ छ अहिले वृद्ध उमेर
छैन गलेको मन अझ मेरो
गाउँ र बेँसी मार्दछ फेरो ॥४०३॥

तान्दिन गोडा मर्छु भनेर
आँट्दछु सागर तर्छु भनेर
हेर्छु घडी अनि प्रातपलामा
उठ्तछु लाग्दछु कर्मकलामा ॥४०४।

जीवन धान्ने कार्यथलाका
पूणर् गरीकन प्रौढपलाका
साथ छ अहिले वृद्ध उमेर
तैपनि खट्दछु लोक बुझेर ॥४०५॥

बन्धु विधाता, सन्ततिसाथ
छन् सँग मेरा उच्च छ माथ
गर्छु सकेको लोक भलाइ
आदर गर्छन् नित्य मलाई ॥४०१॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x