साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेडको चौरासी

आखिर रहर नै त हो सबैलाई लाग्न सक्छ त्यसैले चुपचाप छन् उनीहरू, सभ्य छन् आगन्तुकहरू । प्रत्येक अध्यायको अन्त्यमा हरि नाम जप्छन् अन्यसँगै मिलेर स्वरमा स्वर मिलाएर किनकि आज कमरेडको चौरासी पूजा छ ।

Nepal Telecom ad

ढाकामोहन बराल :

मानिसहरूको भिडभाड ,
ध्वजापताकाले
सजिएको परिवेश,
फूलहरूका मालाहरू,
अबिर, केसरी र चन्दन ,
वैद्धिक मन्त्रोच्चारणको
ध्वनि,
जलधाराले नुहाइरहेका
शिव

एक आवृत्ति
सकिएको रुद्रीपाठ
आहा !
रमणीय छ
आँगन ।
पाहुनाको बाक्लो
उपस्थिति,
राष्ट्र बैङ्कका
नयाँ नोट,
डालाभरिका सेल,
थैलाभरिका फलफूल,
घ्यूमा मोलिएका चरु
चढ्न ठिक परिएको तुला
र जोख्न राखिएका
सिक्काहरू
सबै तयारी छ ।
आध्यात्मिक रहर र
भौतिकवादी चिन्तन
बोकेर
खुशी मनका साथ
यज्ञ मण्डपमा
बसेका उनको
ओठको मुस्कानले
फर्काइरहेको छ
अभिवादनका प्रतिउत्तरहरू ।
उनीहरू आउछन्
तर सम्झाउन
चाहन्नन् विगत
उनैले भनेर
टुप्पी काटेको,
जनै फालेको,
मन्दिर भत्काएको,
बाबाले पढ्दै गरेको
वेद जलाएको,
तीर्थ जान हिँडेका बालाई
फर्काएको,
बाले पूजा गर्ने
शालिग्रामलाई
घुएँत्रोमा राखेर
मिल्काएको,
आमाले झुण्ड्याएको
राम तस्विर मिल्काएको ।
आखिर रहर नै त हो
सबैलाई लाग्न सक्छ
त्यसैले
चुपचाप छन् उनीहरू,
सभ्य छन्
आगन्तुकहरू ।
प्रत्येक अध्यायको
अन्त्यमा
हरि नाम जप्छन्
अन्यसँगै मिलेर
स्वरमा स्वर मिलाएर
किनकि आज कमरेडको
चौरासी पूजा छ ।

०००
पोखरा, कास्की ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Yubraj Baral
Yubraj Baral
1 year ago

ढिलै भएपनी लाईन पक्रनु लाई सकारात्मक रूपमा लिएको अबस्था😁

Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x