साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वनामधन्य फोटोनानन्द

वाह ! स्वनामधन्य फोटोनानन्दजी, एक अद्वितीय व्यक्तित्व, जसले आफ्नो जीवन फोटोमा सर्मपण गरेर मृत्युपश्चात् पनि फोटोहरू मार्फत अमर भइरहे।जय फोटो- जय फोटोनानन्द ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

शहरभरि यस्तो सायदै कुनै घर होला जसमा फोटोनानन्दजीको फोटो नहोस् । उहाँको जीवनको एकमात्र लक्ष्य थियो, जहाँ पायो त्यहीँ गर्दन तन्काएर फोटो खिचाउनु ।

सामाजिक कार्यमा उहाँको खासै योगदान नभए पनि, घुस्रिँदै घुस्रिँदै समूह तस्वीरमा उहाँ प्रमुख अतिथिको छेउमा पुग्न सफल भइहाल्नु हुन्थ्यो। आफ्नो लक्षित ध्येय प्राप्त गर्न शहरका सबै फोटोग्राफरहरूसँग उहाँले आपसी सम्बन्ध निकै सुमधुर राख्नु भएको थियो ।

फोटोग्राफरहरू उहाँको उहाँको बानीबाट आजित भएर पहिले नै उहाँलाई कहाँ उभ्याउने भनेर झन्झट मान्थे ।
बिस्तारै उमेर ढल्दै जाँदा, एक दिन एक वकिललाई बोलाएर आफ्नो इच्छापत्र लेखाउन लगाउनु भयो । उहाँको इच्छापत्रमा सबैभन्दा अनौठो कुरा थियो, “साथै अन्तिम यात्रामा मेरो अनुहार हरहालमा खुला राखियोस् । जसले फोटोग्राफरहरूले प्रष्टसँग फोटो लिन पाउन् ।”

सिकिस्त बिरामी पर्दा एकदिन सबै फोटोग्राफरहरूलाई घरमा चिया खान बोलाएर तीन- तीन हजार रकम अग्रिम भुगतानी दिँदै आफ्नो इच्छापत्रको अन्तिम धारा सुनाउन पनि भ्याउनु भयो ।
श्वासको गतिले एकाबिहानै विश्राम लिएछ । जे हुनु थियो त्यही भयो ।
फोटोनानन्दजीको अन्तिम इच्छा पनि उहाँ जस्तै चर्चित बन्यो ।
अन्तिमयात्रामा उहाँको अनुहार खुला राखिएको थियो । फोटोग्राफरहरू अन्तिम क्षणलाई पनि इमानदारीका साथ क्यामेरामा कैद गर्न नुनको सोझो गर्दै थिए ।

वाह ! स्वनामधन्य फोटोनानन्दजी, एक अद्वितीय व्यक्तित्व, जसले आफ्नो जीवन फोटोमा सर्मपण गरेर मृत्युपश्चात् पनि फोटोहरू मार्फत अमर भइरहे।जय फोटो- जय फोटोनानन्द । इति लघुकथा समाप्तम् ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x