सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वनामधन्य फोटोनानन्द

वाह ! स्वनामधन्य फोटोनानन्दजी, एक अद्वितीय व्यक्तित्व, जसले आफ्नो जीवन फोटोमा सर्मपण गरेर मृत्युपश्चात् पनि फोटोहरू मार्फत अमर भइरहे।जय फोटो- जय फोटोनानन्द ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

शहरभरि यस्तो सायदै कुनै घर होला जसमा फोटोनानन्दजीको फोटो नहोस् । उहाँको जीवनको एकमात्र लक्ष्य थियो, जहाँ पायो त्यहीँ गर्दन तन्काएर फोटो खिचाउनु ।

सामाजिक कार्यमा उहाँको खासै योगदान नभए पनि, घुस्रिँदै घुस्रिँदै समूह तस्वीरमा उहाँ प्रमुख अतिथिको छेउमा पुग्न सफल भइहाल्नु हुन्थ्यो। आफ्नो लक्षित ध्येय प्राप्त गर्न शहरका सबै फोटोग्राफरहरूसँग उहाँले आपसी सम्बन्ध निकै सुमधुर राख्नु भएको थियो ।

फोटोग्राफरहरू उहाँको उहाँको बानीबाट आजित भएर पहिले नै उहाँलाई कहाँ उभ्याउने भनेर झन्झट मान्थे ।
बिस्तारै उमेर ढल्दै जाँदा, एक दिन एक वकिललाई बोलाएर आफ्नो इच्छापत्र लेखाउन लगाउनु भयो । उहाँको इच्छापत्रमा सबैभन्दा अनौठो कुरा थियो, “साथै अन्तिम यात्रामा मेरो अनुहार हरहालमा खुला राखियोस् । जसले फोटोग्राफरहरूले प्रष्टसँग फोटो लिन पाउन् ।”

सिकिस्त बिरामी पर्दा एकदिन सबै फोटोग्राफरहरूलाई घरमा चिया खान बोलाएर तीन- तीन हजार रकम अग्रिम भुगतानी दिँदै आफ्नो इच्छापत्रको अन्तिम धारा सुनाउन पनि भ्याउनु भयो ।
श्वासको गतिले एकाबिहानै विश्राम लिएछ । जे हुनु थियो त्यही भयो ।
फोटोनानन्दजीको अन्तिम इच्छा पनि उहाँ जस्तै चर्चित बन्यो ।
अन्तिमयात्रामा उहाँको अनुहार खुला राखिएको थियो । फोटोग्राफरहरू अन्तिम क्षणलाई पनि इमानदारीका साथ क्यामेरामा कैद गर्न नुनको सोझो गर्दै थिए ।

वाह ! स्वनामधन्य फोटोनानन्दजी, एक अद्वितीय व्यक्तित्व, जसले आफ्नो जीवन फोटोमा सर्मपण गरेर मृत्युपश्चात् पनि फोटोहरू मार्फत अमर भइरहे।जय फोटो- जय फोटोनानन्द । इति लघुकथा समाप्तम् ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मच्छरवाद- जिन्दावाद

मच्छरवाद- जिन्दावाद

लक्ष्मण नेवटिया
कलमको कन्तबिजोग

कलमको कन्तबिजोग

लक्ष्मण नेवटिया
भकाभक खाएर भक्का- भएछु हक्काबक्का

भकाभक खाएर भक्का- भएछु...

लक्ष्मण नेवटिया
हे निद्रा देवी नमो नम:

हे निद्रा देवी नमो...

लक्ष्मण नेवटिया
तीन ठाेकान

तीन ठाेकान

लक्ष्मण नेवटिया
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x