साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ जन्मिएँ म

न्यायाधीश आफै बन्ने न्याय निसाफ आफै गर्ने आफू न्यायी अरु सबै अन्यायी अरुको फैसला मान्दैनौँ हाम्रो फैसला मान्नै पर्छ ठ्याक्कै देशमा जन्मिएँ म ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

कहाँ जन्मिएँ म
सुन्दर हिमाल पहाड
अनि तराईको सङ्गममा
असङ्ख्य देवाधिदेवको धाममा
पानीका मुहान अनि घाममा
जल जङ्गल र छहरामा
रूबी र मणिका पहरामा
ठ्याक्कै देशमा जन्मिएँ म ।

दोषीलाई माला लाउने
दोषीभन्दा नारा लाउने
कुकर्मीलाई माला लाउने
अधर्मीलाई खादा लाउने
स्वकर्मीलाई डाँडा कटाउने
स्वाभिमान विदेश पठाउने
ठ्याक्कै देशमा जन्मिएँ म ।

निर्दोषीलाई लोर्प्याउने
इमान्दारलाई घोर्क्याउने
स्वदेशी श्रमलाई लल्कार्ने
विदेशमा त्यही फट्कार्ने
देश छोड्ने
विदेश रोज्ने
ठ्याक्कै देशमा जन्मिएँ म ।

न्यायाधीश आफै बन्ने
न्याय निसाफ आफै गर्ने
आफू न्यायी
अरु सबै अन्यायी
अरुको फैसला मान्दैनौँ
हाम्रो फैसला मान्नै पर्छ
ठ्याक्कै देशमा जन्मिएँ म ।

म पक्का
अरु कच्चा
म खास्सा
अरु वादशाह
मैले भनेको हुने
अरुले भनेको नहुने
ठ्याक्कै देशमा जन्मिएँ म ।

विवेक बन्धकीमा
ध्यान भक्तिभावमा
अघिलग्गु हुन्न
पछिलग्गु छोडिन्न
आरती उतार्ने
जिब्रो फट्कार्ने
ठ्याक्कै देशमा जन्मिएँ म ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घोल

घोल

शिवप्रसाद जैशी
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x