साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- १८)

ढाँट्ने छल्ने कुकर्मी क्षणिक मुलुकमा चम्कियोस् हट्छ चाँडो । फोस्रो पोख्ला उचाल्दै प्रवचन त्यसले बन्छ झर्के कुभाँडो ॥ ठग्छन् मान्छे फुटाई मनन जन गरून् खस्छ उठ्दैन फेरि । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

मान्छे बन्ने समाऊँ गुणपथ युगको दुष्ट डर्छन् थलामै ।
फल्नेछन् प्राप्ति उम्दा रसमय घरका अन्नबाली खलामै ॥
वैरी उद्भ्रान्ति फ्याँकूँ सुखमय घर यो बन्छ उम्दा बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥८६॥

सङ्लो बाटो खुलेको टुकुटुकु म हिँडूँ मिल्छ सायुज्य धार ।
भत्कन्छन् कष्ट भर्ने रिपु हितपथका कर्मका दुष्ट बार ॥
फ्याँकूँ उद्भ्रान्ति जम्मै सुखमय घर यो बन्छ चिन्ता लघारी ॥
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥८७॥

चिन्ता हो चेत खाने धरमर मन यो पार्छ वाधा खिपेर ।
मिल्दै लम्केर बढ्दा कमसल बबुरो भाग्छ बाटो टिपेर॥
हिँड्दै सद्भ्रान्ति बाटो सुखमय बटुलूँ प्राप्ति थप्दै सिँगारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥८८॥

ढाँट्ने छल्ने कुकर्मी क्षणिक मुलुकमा चम्कियोस् हट्छ चाँडो ।
फोस्रो पोख्ला उचाल्दै प्रवचन त्यसले बन्छ झर्के कुभाँडो ॥
ठग्छन् मान्छे फुटाई मनन जन गरून् खस्छ उठ्दैन फेरि ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥८९॥

सोझा आदर्श पोख्छन् तर सब बहमा झेल्दछन् कष्ट डेडी ।
जम्मै जग्गा उडाई विकल मनुजका लुट्छ त्यस्तै घडेरी ॥
अप्ठ्यारो मोड आए वरपर सबले साथ दिन्छन् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥९०॥

०००
सुम्बेक, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x