
बेला आयो
चिनी नून फिटकिरी खुर्सानी सबैलाई तीखो झिरमा उनेर छान्ने बेला आयो ।

मरुभूमि नारायण :
सही निशाना ठाउँमा हान्ने बेला आयो
भ्रष्टको भुँडी कुटोले तान्ने बेला आयो ।
झाक्री आफैँ बोक्सी आफैँ भइन्छ नै
आफैलाई देव राज मान्ने बेला आयो ।
भोलि को कहाँ भाग्नु पर्छ थाहा छैन
ढाड क्यारी भाँचिन्छ जान्ने बेला आयो ।
चिनी नून फिटकिरी खुर्सानी सबैलाई
तीखो झिरमा उनेर छान्ने बेला आयो ।
ताउलोमा पकाएर यिनको नली खुट्टा
तातो तेल कराइमा झान्ने बेला आयो ।
०००
रानीगाउँ, तनहुँ
Subscribe
Login
0 Comments
Oldest