साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै उस्तै

लावालस्कर विदेश जाने उस्तै रह्यो चलन विवशतामा जिउन बाध्य हामीलाई छ जलन राष्ट्रियता धितो राख्दै ढोगाइ उस्तै उस्तै नयाँ नेपाल भन्छन् हजुर भोगाइ उस्तै उस्तै ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

एक सय चार वर्ष जङ्गे साँपले डस्यो
त्यसपछि कालो जातको पञ्चे सर्प पस्यो
राजतन्त्र, गणतन्त्र तन्त्र सबै उस्तै
धामी मात्र फरक हजुर मन्त्र उस्तै उस्तै ।

माले, झाले, कोरम, फोरम नाम कति कति
जनतालाई ठगी खाने काम कति कति
जति जोगी आए पनि विधि उस्तै उस्तै
टाउकै मात्र फरक हजुर गिदी उस्तै उस्तै ।

अजिङ्गरलाई कति पाल्ने दुध खुवाई खुवाई
चुसी रैछन उल्टै तिनले सबलाई रूवाई रूवाई
ढाक्रे मात्र फरक हजुर बोकाई उस्तै उस्तै
अनुहार मात्र फरक हजुर टोकाई उस्तै उस्तै ।

नौटंकी नाटक गर्छन् अनगिन्ती भेष
सिध्याई सके ढुकुटी नै खोक्रो पार्दै देश
सालै मात्र फरक हजुर पात्रा उस्तै उस्तै
मात्रा मात्र फरक हजुर जात्रा उस्तै उस्तै ।

क्या मिठा तिनका शैली वात उस्तै उस्तै
मुखले रामराम भित्र छुरा घात उस्तै उस्तै
सोझा साझा जनमाथि कजाईँ उस्तै उस्तै
मुलुक तिनकै विर्ता भयो रजाइँ उस्तै उस्तै

लावालस्कर विदेश जाने उस्तै रह्यो चलन
विवशतामा जिउन बाध्य हामीलाई छ जलन
राष्ट्रियता धितो राख्दै ढोगाइ उस्तै उस्तै
नयाँ नेपाल भन्छन् हजुर भोगाइ उस्तै उस्तै ।

०००
हेटौंडा- ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x