लक्ष्मण नेवटियापहिले पैसा हुन्थ्यो पैसा
अहिले त पैसा बैंकको लकरमा कैद, प्लास्टिक कार्डको पर्दामा लुकेको, स्वचालित मेसिनको टोकरीमा पोखिएको, यन्त्रवत-मानिसको मुटुबाट टाढिएको

लक्ष्मण नेवटिया :
हो-पहिले पहिले,पैसा हुन्थ्यो पैसा,
एक पैसा झरेमा,साथी भाइ खोज्थ्यौं
बाटोमा- जपेर हरि हरि।
उपाय लाउथ्यौं थरीथरी।
सम्झना हुन्थ्यो पैसाको घरीघरी
आँसु रसाउथ्यो आँखाभरि।
हो, त्यसबेला पैसाको धेरै थियो भाउ,
अहिले त मात्र गणितको जोड-घटाउ !
पैसो हराउदा पहिले, मनमा लाग्थ्यो घाउ
खोज्नलाई- गोरेटो गल्ली गल्ली- धाउ !
उहिले पैसा हुन्थ्यो आफ्नो प्यारो साथी,
एक आनाको आजको दशरुपियाँ माथि !
कतै बगली चुहिएर झरे, रुँदै चिच्याऊ,
मन भन्थ्यो, जसरी पनि खोजेर ल्याऊ !
अहिले त पैसा बैंकको लकरमा कैद,
प्लास्टिक कार्डको पर्दामा लुकेको,
स्वचालित मेसिनको टोकरीमा पोखिएको,
यन्त्रवत-मानिसको मुटुबाट टाढिएको।
मानिसको पसिनाको स्पर्श नपाएर हो कि ?
हो पैसाबाट अचेल महल बन्छ, तर घर बन्दैन !!
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































