साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिले पैसा हुन्थ्यो पैसा

अहिले त पैसा बैंकको लकरमा कैद, प्लास्टिक कार्डको पर्दामा लुकेको, स्वचालित मेसिनको टोकरीमा पोखिएको, यन्त्रवत-मानिसको मुटुबाट टाढिएको

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

हो-पहिले पहिले,पैसा हुन्थ्यो पैसा,
एक पैसा झरेमा,साथी भाइ खोज्थ्यौं
बाटोमा- जपेर हरि हरि।
उपाय लाउथ्यौं थरीथरी।
सम्झना हुन्थ्यो पैसाको घरीघरी
आँसु रसाउथ्यो आँखाभरि।

हो, त्यसबेला पैसाको धेरै थियो भाउ,
अहिले त मात्र गणितको जोड-घटाउ !
पैसो हराउदा पहिले, मनमा लाग्थ्यो घाउ
खोज्नलाई- गोरेटो गल्ली गल्ली- धाउ !

उहिले पैसा हुन्थ्यो आफ्नो प्यारो साथी,
एक आनाको आजको दशरुपियाँ माथि !
कतै बगली चुहिएर झरे, रुँदै चिच्याऊ,
मन भन्थ्यो, जसरी पनि खोजेर ल्याऊ !

अहिले त पैसा बैंकको लकरमा कैद,
प्लास्टिक कार्डको पर्दामा लुकेको,
स्वचालित मेसिनको टोकरीमा पोखिएको,
यन्त्रवत-मानिसको मुटुबाट टाढिएको।

मानिसको पसिनाको स्पर्श नपाएर हो कि ?
हो पैसाबाट अचेल महल बन्छ, तर घर बन्दैन !!

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x