नन्दलाल आचार्यट्याबलेट कुटी
प्रौढले स्पष्ट शब्दमा भनेका थिए। उनीहरू सब 'ट्यावलेट कुटी' मै गइहाल्यो । विदेशबाट देउवा ल्या'को छ । इन्डिया बोर्डर जाइलिन्छ आ नशा लाग्ने ट्याबलेट किनिहाल्छ ।

नन्दलाल आचार्य :
‘विना युवा कसरी समाजको रथ गुड्छ ? युवाले बहिष्कार गरेको कार्यक्रमले कसरी गति लिन्छ ? यो त बिना सारथिको ण्डिरहेको रथ हुन्छ ।’ जिज्ञासु नेत्रले हेर्दै मैले स्थानीय सहभागीहरूलाई सोधेको थिए ।
त्यत्रो जनभेलामा एक जना पनि युवा अनुहार देखिएन । जिल्ला स्तरको एक कार्यक्रममा म उपस्थित थिए। युवा लक्षित त्यस कार्यक्रममा त्यसवेला सिरहा जिल्लाको कल्याणपुर नगरपालिका क्षेत्रमा म अतिथिका रूपमा डाकिएको थिएं । यसरी मैले युवा सहभागीताको खोजी गर्दा सहभागी स्थानीयहरू ओठ लेप्रयाउँथे ।
मेरो मनोभाव बुझेका एक स्थानीय प्रौढले माइकमै चिच्याएका थिए; ‘हेरो अशोकवा, रामेश्वासम् । गेस्टलाई बोलाइलिन्छौं आ आफूहरू ‘ट्याबलेट कुटी’ मै हराइहाल्छस् ? जल्दी आइहाल आ काज समालिहाल् ।
प्रौढको कथन सुधारेर बुझ्न सकिन्थ्यो तर ‘ट्याबलेट कुटी’ भनेको कुरा नबुझेर म शब्दमै हराइरहें । पटकपटकको बोलावटपछि केही युवा आए । शिर झुकाएरै यताउताको काम गरे । बोलीभन्दा बढी सङ्केतमै धेरै काम गरे ।
कार्यक्रम सक्नु अगावै त्यो युवाशक्ति हराएको थियो । मैले पुनः खोजी गर्दा उनै प्रौढले प्रष्ट्याएका कुरा सुनेर बल्ल बुकें। विदेश पसेर गरेको दुखको फल स्वदेशमा आएर पानीमा बगाएको देखेर मन खिन्न भइरह्यो ।
प्रौढले स्पष्ट शब्दमा भनेका थिए। उनीहरू सब ‘ट्यावलेट कुटी’ मै गइहाल्यो । विदेशबाट देउवा ल्या’को छ । इन्डिया बोर्डर जाइलिन्छ आ नशा लाग्ने ट्याबलेट किनिहाल्छ । एकान्तमा जाएर सब मिली खाइलिन्छ ।
भरदिन सुतिलिन्छ ।’
०००
उदयपुर
nandalalacharya@gmail.com
Subscribe
Login
0 Comments
Oldest









































