अमर सन्ततितीन ठाेक्तक
यो देशमा विकास सुशासन समृद्धि अनि देशको स्वाभिमान र गरिमा- शहीदहरुले हाताहाती मागेका थिए उधारोमा नेताहरुले खाइदिए ।

अमर सन्तति :
१.
रक्तरञ्जित अनुहार पनि चुनावमा छन्
भ्रष्ट दण्डित अनुहार पनि चुनावमा छन्
कसलाई चुन्ने थाहा छैन दोधारमा छु म त,
नयाँ खण्डित अनुहार पनि चुनावमा छन् ।
२.
चुम्बकले झैँ तानी हाल्ने के रहेछ त्यस्तो ?
अजम्बरी हो नै ठानी हाल्ने के रहेछ त्यस्तो ?
के बुझ्नु खै ती बिचरा जनताले यो राजनीति !
जसले नि फालै हानी हाल्ने के रहेछ त्यस्तो ?
३.
शहीदहरूले त सुन्दर सपना देखेका थिए नेताहरुले तुहाइदिए
शहीदहरुले बलिदान दिएका थिए मूल्यहीन नेताहरुले बनाइदिए
यो देशमा विकास सुशासन समृद्धि अनि देशको स्वाभिमान र गरिमा-
शहीदहरुले हाताहाती मागेका थिए उधारोमा नेताहरुले खाइदिए ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































