साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धपीडा

भए पुत्रपुत्री सबै दूर छौँ त्रस्त अकेला हुँदा छौँ निराधार एकत्र न मान्छन् कसैले यदा प्राण हीरा छ अनौठो लुकेको यहाँ वृद्धपीडा छ ।।

Nepal Telecom ad

कविराज घिमिरे :

निराशा उँभो छन् न छन् भाव गाम्भीर्य
गए यौवनाका कडा मोह सौन्दर्य
नसोची बसेको अझै बाल क्रीडा छ
अनौठो लुकेको यहाँ वृद्धपीडा छ ।।१

थिए बैँसका ती धुवाँधार जो छाल
सबै छन् दबेका स्वयं हुन्छ बेहाल
छ आँधी पसेको हियो मात्र दीर्घा छ
अनौठो लुकेको यहाँ वृद्धपीडा छ ।। २

छ सम्पत्ति टाढा मुठीबाट छोडिन्छ
विपत् रोग आफ्नो लगातार जोडिन्छ
कला छैन नौलो गलाभित्र निद्रा छ
अनौठो लुकेको यहाँ वृद्धपीडा छ ।। ३

झऱ्यो प्रेम वास्ना भएको छ दुर्घात
गलेको छ माथा दिने चोट निर्घात
न छन् सम्झना यी मनोभाव ढिला छ
अनौठो लुकेको यहाँ वृद्धपीडा छ ।। ४

भए पुत्रपुत्री सबै दूर छौँ त्रस्त
अकेला हुँदा छौँ निराधार एकत्र
न मान्छन् कसैले यदा प्राण हीरा छ
अनौठो लुकेको यहाँ वृद्धपीडा छ ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x