साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाँसी र भानुभक्तकाे पछिल्लाे भेट

"होइन नि बाजे । यो घाँस बेचेर आएको पैसाले यहाँ एउटा भट्टी पसल खाेलुँ कि भनेर हो.... ! यहाँ भट्टी पसल नभएर गाउँका जँड्याहाहरूलाइ निकै दुख भाे । दारू घुट्क्याउन रातसाँझ तल बजार पुग्नु परिरहेकाे छ ।"

Nepal Telecom ad

दिप मंग्राती :

आज २१२ वर्षपछि, भानुभक्त स्वर्गबाट आफ्नो जन्मभूमि घुम्न आएका थिए, पहिले आफूले “अमरावती” को उपनामले विभूसित अमरावती कान्तिपुरी नगरी नै घुम्ने निधोले सिधै कान्तिपुर झरेछन् ।

कान्तिपुरकाे अहिलेकाे दुर्दशा देखेर भानु तीनछक्क । पहिलेको भन्दा बिल्कुल विपरित उनी साह्रै भावुक भएछन् । उनले फेरि नयाँ स्वरुपमा नयाँ उपमा दिएर कविता लेखिनु पर्ने ठाने । “नरकवती, दुर्गन्धपुरी नगरी” शीर्षक दिएर उनले अर्काे कविता लेखे :

घपला चपला नरकवती, दुर्गन्धपुरी नगरी।
मै खाउँ, मै लाउँ, भ्रष्टाचारको गुँथेर पगरी।
मैले त आफ्नो रामायण, यहीँ छोडेर गयाँ ।
तिमी लान्छौ आफ्नो पैसाको भकारी कसरी।।

अब उनलाई आफू जन्मेकाे रम्घाको बडो चिन्ता लागेछ। नरकवती दुर्गन्धपुरीको यस्तो हालत देखेर वाक्क दिक्क हुँदै उनी सिधैआफू जन्मेको गाउँ तनहूँको रम्घा पुगेछन् ।

घुम्दै जाँदा त उही घाँसी उहि ठाउँमा घाँस काट्दै गरेको भेटेछन्।

आफ्नो प्रेणादायी व्यक्तित्व अर्थात घाँसीलाई त्यहाँ पुरानै अवस्थामा देखेर उनी उत्साहित भएछन्।

अर्को कुनै नयाँ काम गर्ने प्रेरणा पाइने हो कि भन्ठान्दै भानुले घाँसीलाइ साेधेछन् :
“हैन तिमी अझै घाँस काट्दै छाै ? अब त कुवाको जमाना हराइसक्यो हाेइन र ? कि निकै बस्तुभाउ पालेका छाै ? ”

अलि अपठेराे मान्दै घाँसीले जवाफ दिए- “होइन नि बाजे । यो घाँस बेचेर आएको पैसाले यहाँ एउटा भट्टी पसल खाेलुँ कि भनेर हो…. ! यहाँ भट्टी पसल नभएर गाउँका जँड्याहाहरूलाइ निकै दुख भाे । दारू घुट्क्याउन रातसाँझ तल बजार पुग्नु परिरहेकाे छ ।”

घाँसीकाे जवाफ सुनेपछि बुढा भानु नराम्राेसँग रन्थनिदै फेरि स्वर्गै फर्किएछन् ।

०००
बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x