फित्काैली डटकमभानु साहित्यिक प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित
प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख आतिथ्य प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्यले गर्नु भएकाे थियाे । डा.लक्ष्मण मैनाली, केसाङ लामा र परशुराम तिमसिनालाई नगद पुरस्कार अर्पण गरियाे ।

झापा, २०८२ असार २९ । भानु साहित्यिक प्रतिष्ठान, काँकरभिट्टाद्वारा आदिकवि भानुभक्तको २१२ औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजित पुरस्कार अर्पण तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख आतिथ्य प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्यले गर्नु भएकाे थियाे । डा.लक्ष्मण मैनाली, केसाङ लामा र परशुराम तिमसिनालाई नगद पुरस्कार अर्पण गरियाे ।
कोशी प्रदेशका पूर्वसभासद श्रीप्रसाद मैनाली, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेचीनगरका पूर्वप्रमुख विमल आचार्य, काँकरभिट्टा वहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष दुर्गाप्रसाद सापकोटा, धुलाबारी वहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष भीम खवासको विशिष्ट आतिथ्य रहेको कार्यक्रमलाई स्वागत प्रतिष्ठानका उपाध्यक्ष सुशील आचार्यले तथा सञ्चालन महासचिव लक्ष्मीप्रसाद उप्रेतीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानको विशेष सम्मानको रुपमा त्रिभुवन विश्वविद्यालयबाट भौतिक विज्ञानमा सर्वोत्तम अङ्क ल्याएर स्नातकोत्तर पास गरी अमेरिकामा पिएचडी गरी अहिले आँखामा लाग्ने मोतीविन्दुको बिना शल्यक्रिया उपचार गर्ने बारेमा अनुसन्धानरत वैज्ञानिक डा.लक्ष्मण मैनालीलाई विशेष प्रतिभाको रुपमा सम्मान गरिएको थियो ।
यसै प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद उप्रेतीलाई विशेष योगदान सम्मान गरिएको थियो । यस्तै गरी आजै कृष्ण–पवित्रा उप्रेती प्रतिभा पुरस्कारद्वारा केसाङ लामा र हेमराज मेदनी खरेल साहित्य सम्मान पुरस्कारद्वारा परशुराम तिमसिनालाई जनही रु ११,००० रुपैयाँ राशि र सम्मान–पत्रद्वारा पुरस्कृत गरिएको थियो । गत २७ गते यसै प्रतिष्ठानद्वारा प्रतियोगिता गराई विजयी भएका कविहरुलाई पुरस्कार अर्पण गर्ने कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा आदिकवि भानुभक्तको व्यक्तित्व कृतित्व बारेमा संक्षिप्त जानकारी गराउने कार्य आख्यानकार तथा सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले गर्नुभएको थियो भने विशेष प्रतिभा डा.लक्ष्मण मैनालीको व्यक्तित्व परिचय वरिष्ठ पत्रकार चन्द्र भण्डारीले गराउनु भएको थियो । आदिकवि भानुभक्तले छोरालाई लेखेको चिठी पढेर केन्द्रप्रसाद भट्टराईले सुनाउनु भएको थियो ।
प्रमुख अतिथि दुर्गाप्रसाद आचार्यले यस भानु साहित्यिक प्रतिष्ठानलाई आफूले सहयोग गर्न पाएको विगतको स्मरण गर्दै यसको उन्नति प्रगतिको कामना गरेर आज पुरस्कृत तथा सम्मानित व्यक्तिहरुलाई बधाइ व्यक्त गर्नुभयो भने अध्यक्ष डिल्लीराम घिमिरेले उपस्थित सबैप्रति आभार तथा धन्यवाद व्यक्त गरेर सभा विसर्जन गर्नुभयो ।
कार्यक्रममा चार दर्जन भन्दा बढी स्रष्टासर्जकहरु, साहित्यानुरागी उपस्थिति रहेकाे थियाे ।
०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































