फित्काैली डटकमव्यङ्ग्यत्रय गुरागाईँ, नेपाल र अधिकारीसहित एक दर्जन स्रष्टा सम्मानित
स्क्लप्चर प्रा.लि. का अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमका विशेष अतिथि वियोगी बुढाथोकीले आफ्नो मन्तव्य दिनुका साथै समसामयिक मुक्तकहरु वाचन गरेका थिए ।

काठमाडाैं, २०८२ असार २८ । भानु जयन्तीको अवसरमा शनीबार बुढानिलकण्ठ नगरपालिका वडा नं. २ भंगालस्थित क्रिएटिङ स्क्लप्चर प्रा.लि. द्वारा आयोजित रचना वाचन, स्रष्टा सम्मान तथा मूर्ति एवं चित्रकला प्रदर्शनी कार्यक्रम आयाेजना गरियाे ।
कार्यक्रमा फित्कौलीका नियमित स्तम्भकार तथा व्यङ्ग्यकारत्रय वासुदेव गुरागाईँ (पिँडालु पण्डित) विनोद नेपाल र अमर अधिकारी (भाइरल लेखक) सम्मानित भएका छन्। उनीहरु सहित दर्जनभन्दा बढी स्रष्टाहरु सम्मानित भएको उक्त कार्यक्रममा चर्चित लेखक नारायण सुवेदी, कीर्तिमानी समीक्षक अरुण खत्री ‘नदी’, माधव बिडारी (चेतनपथ), वरिष्ठ गायक तथा पूर्वप्रशासक रणबहादुर बुढाथोकी, गंगा खड्का, तुलसीराम पुडासैनी, एचके धिताल, प्रज्वल अधिकारी, बाबु त्रिपाठीलगायतले सम्मानपत्र प्राप्त गरेका थिए।
स्क्लप्चर प्रा.लि. का अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमका विशेष अतिथि वियोगी बुढाथोकीले आफ्नो मन्तव्य दिनुका साथै समसामयिक मुक्तकहरु वाचन गरेका थिए ।
विशेष अतिथि एवं साहित्यकार वुद्धिराज पाण्डे लगायत अन्य सहभागीहरुले समेत गजल, कविता तथा मुक्तकहरु वाचन गरेका थिए। स्रष्टाहरुलाई प्रमुख अतिथि डोल्पो बुद्ध- रानाग रिन्चेन रिम्पोचेले सम्मानपत्र प्रदान गरेका थिए।
०००
Subscribe
Login
0 Comments
Oldest







































