
चुराले बितायो
गरेको थिएँ आश सर्वोच्च चुम्ने नचल्ने भई पाखुराले बितायो ।

तुलसी प्रसाद भट्टराई :
सबै सत्य बोली सुराले बितायो
यहाँ पोल खोली भुराले बितायो ।
थियो चाहना शान्तिको दूत बन्ने
लगाएर दागी छुराले बितायो ।
थियो जानुपर्ने अरू देखि माथि
बिना अर्थका ती कुराले बितायो ।
गरेको थिएँ आश सर्वोच्च चुम्ने
नचल्ने भई पाखुराले बितायो ।
सुटुक्कै सबै काम सक्ने भनेको
चलाएर हल्ला चुराले बितायो ।
०००
बिर्तामोड ५, झापा
Subscribe
Login
0 Comments
Oldest