साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

तिनीहरू लुट्नमै मस्त छन् जो तागत बटुलेर बसे गुट उपगुटमै व्यस्त छन् जो तागत बटुलेर बसे आआफ्नै तालका डम्फू बजाउँछन् जब मौका मिल्छ ढुकी ढुकी डस्तछन् जो तागत बटुलेर बसे ।

Nepal Telecom ad

देवराज तिवारी :

१.
अचेल महलमा बसेपछि भन्छ कुकुरदेखि होसियार
गेटमा सिक्री कसेपछि भन्छ कुकुरदेखि होसियार
बाहिर हुँदा मानिस भएर डुलेझैँ लाग्दथ्यो उसलाई
लौ घरभित्र पसेपछि भन्छ कुकुरदेखि होसियार ।

२.
लुम्बिनीबाट फगत लुम्बिनी देखिन्छ परेवा देखिँदैन
प्रेमिल नगरबाट हराएको त्यो चखेवा देखिँदैन
निक्कै बदलिएको छ चलन बदलिएको छ
महामारीमा पनि स्वार्थ देखिन्छ सेवा देखिँदैन ।

३.
तिनीहरू लुट्नमै मस्त छन् जो तागत बटुलेर बसे
गुट उपगुटमै व्यस्त छन् जो तागत बटुलेर बसे
आआफ्नै तालका डम्फू बजाउँछन् जब मौका मिल्छ
ढुकी ढुकी डस्तछन् जो तागत बटुलेर बसे ।

४.
जब रात पर्दै जान्छ सहरहरूको तात्ने क्रम शुरु हुन्छ
बैँस उम्लिएपछि उत्ताउलाहरूको मात्ने क्रम शुरु हुन्छ
हेर्नुस् छरपस्ट यौवनका रहरहरू पोखिइसकेपछि
गाउँदै भजन धर्मको बत्ती कात्ने क्रम शुरु हुन्छ ।

५.
हेर्नुस् त उन्नाइसबाट बिस भएर आएका छन्
अनेक ताना बुन्न खप्पिस भएर आएका छन्
गणतन्त्रको दुर्गन्ध वहन्छ अचेल किन देशमा
लाग्दै छ ती पञ्चराणाको वारिस भएर आएका छन् ।

०००
रुपन्देही, हाल हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज लागेजस्तो

लाज लागेजस्तो

देवराज तिवारी
‘हुइयाँ’

‘हुइयाँ’

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x