साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘हुइयाँ’

हुइयाँमा हुइयाँ मिलाइस्सेला नमान्नेलाई मदिरा पिलाइस्सेला लाख लाखको सामान किन्सिएला करोडको बिल बनाइस्सेला बेला बेला हुइयाँमा हुइयाँ मिलाइस्सेला जे जे सुविधा चाहिसिन्छ आफैले मिलाइस्सेला ।

Nepal Telecom ad
देवराज तिवारी :
ए ! सुनिस् ?
मालिक आइस्याछ
भरोसा दिलाइस्याछ
मात्र हुइयाँ मिलाउनुपर्छ
बाँकी उहाँबाटै मिलाइसिन्छ ।
हो र भन्या ?
हामीलाई पत्याइसिन्छ ?
कि माथि पुगेसी लत्याइसिन्छ ?
के भर
हेर्नुस् त कसरी उहाँ
हुइयाँ हुइयाँ कराइसिन्छ ।
हैन हैन !
आफै आइस्याथ्यो
टोल टोलमा जासुस बनाइस्याथ्यो
बफादार हुनुपर्छ भन्स्याथ्यो
कराउन भन्सिन्छ कराउनुपर्छ
हराउन भन्सिन्छ हराउनुपर्छ
उहाँले आँखा तर्दा डराउनुपर्छ
बेला बेला हुइयाँ हुइयाँ सुनाउनुपर्छ ।
जे गरे पनि हो भन्नुपर्छ
कति चिसो आगो रहेछ
हो हजुर
रगत पनि किन पहेँलो भएछ
हो हजुर
रातो दुध !
हो हजुर
हजुरको मात्रा प्रचूर भएपछि
बल्ल ढुक्क होइसिन्छ गजुर भएपछि
मात्र कराउनुस्
हुइयाँ हुइयाँको बोली
रातलाई दिन भन्दा पनि हुइयाँ नै भन्नुस्
दिनलाई रात भन्दा पनि हुइयाँ नै भन्नुस् ।
उहाँबाट पटक्कै सुनिसिन्न सामान्य
उहाँ असामान्य होइसिन्छ
कहिले गोहीझैँ रोइसिन्छ
प्वाँख च्याती च्याती चल्लोलाई चारो हाल्सिन्छ
समर्थन गरुन्जेल दयालु होइसिन्छ
फरक भन्यो कि बिखालु बनिसिन्छ ।
बेला बेला हुइयाँ हुइयाँ गरिसिन्छ
हुइयाँमा हुइयाँ मिलाइस्सेला
नमान्नेलाई मदिरा पिलाइस्सेला
लाख लाखको सामान किन्सिएला
करोडको बिल बनाइस्सेला
बेला बेला हुइयाँमा हुइयाँ मिलाइस्सेला
जे जे सुविधा चाहिसिन्छ आफैले मिलाइस्सेला ।
सदा सदा हुइयाँ हुइयाँ कराइस्सेला
काइँकुइँ गर्दै पुच्छर हल्लाइसेला
परे थुकेको थुक पनि चाटिस्सेला
ठुल्ठुलो हैसियत बनाइस्सेला ।
००० 
हेटौंडा
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज लागेजस्तो

लाज लागेजस्तो

देवराज तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x