देवराज तिवारीजब अगुवा बिस्टा खाने पर्छ
सधैँ आफूलाई पवित्र बनाएर जान्छ यार ऊ त उडुस र किर्नाहरूसँगै छेपारो घोल्दिऊँ झैँ लाग्छ ।

देवराज तिवारी :
झोँक छुट्छ यार भट्टीको भाषा बोल्दिऊँ झैँ लाग्छ
बजारमा पुर्याएर तिनको इजार खोल्दिऊँ लाग्छ
मौका पाए आमा बेच्छन् छोरी स्वास्नी बेच्छन्
बटुलेर तिनका सबै मर्दाङ्गी पोल्दिऊँ झैँ लाग्छ
आगो बल्छ त्यसै त्यसै जब अगुवा बिस्टा खाने पर्छ
खरानी मिसाएर खुर्सानी मुखमा मोल्दिऊँ झैँ लाग्छ
खुब शान्त देखिन्छन् जब स्वार्थ पूरा हुन्छ तिनको
धमिरा पठाएर जमघट नै बिथोल्दिऊँ झैँ लाग्छ
सधैँ आफूलाई पवित्र बनाएर जान्छ यार ऊ त
उडुस र किर्नाहरूसँगै छेपारो घोल्दिऊँ झैँ लाग्छ ।
०००
हेटाैँडा
Subscribe
Login
0 Comments
Oldest







































