साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच थान ठोक्तक

भोगको  गति तीब्र चल्ने शक्तिको दौडमा उज्यालो भन्दा बढी शासन रातको खानी रहेछ ।

Nepal Telecom ad
देवराज तिवारी :
१. चेतना
तेल घोप्ट्याएपछि दियोका रूपमा जल्न जानु छ
तर्कका बलमा एकैछिन दुनियाँलाई छल्न जानु छ
म त ठुलै अभियन्ता पो हुँ चुप लागेर बस्न सक्दिनँ
आफूलाई उस्तै राखेर समाजलाई बदल्न जानु छ ।
२. कमजोरी
तिमी कहिल्यै मानिसको गीत बनेर आएनौ
श्रम र श्रमिकहरूको हित बनेर आएनौ
सदा आफ्नै चिन्तनमा मस्ती मारेर रमायौ
जजसले जिते पनि जित्नुपर्नेको जित बनेर आएनौ ।
३. चाहना
कहिले रात मलाई उपहासजस्तो लाग्छ
एकै रातमा पनि त्यो इतिहासजस्तो लाग्छ
विचारको व्यापार चल्छ मनको अन्योल घरमा
फूल हाँसेपछि पो रात मधुमासजस्तो लाग्छ ।
४. नजर
लुम्बिनीबाट फगत लुम्बिनी देखिन्छ परेवा देखिँदैन
प्रेमिल नगरबाट हराएको त्यो चखेवा देखिँदैन
निक्कै बदलिएको छ, चलन बदलिएको छ
महामारीमा पनि स्वार्थ देखिन्छ सेवा देखिँदैन ।
५  रोग
सत्ता भनेको पनि मातैमातको खानी रहेछ
मनमौजी मात्रै चल्ने जमातको खानी रहेछ
भोगको  गति तीब्र चल्ने शक्तिको दौडमा
उज्यालो भन्दा बढी शासन रातको खानी रहेछ ।
०००
२०८०/४/८
हेटौडा
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज लागेजस्तो

लाज लागेजस्तो

देवराज तिवारी
‘हुइयाँ’

‘हुइयाँ’

देवराज तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x