धनराज गिरीमुद्दा !
लिपर कुर्सीमा पीठ फर्काएर एक पात्र, घनटाउके, भीमकाया, बसेको थियो । “हजुरहरूलाई मुद्दा दिने उहाँ नै हो । अरू कुरा उहाँले नै भन्नुहुनेछ ! सर, अभियुक्तहरू हाजिर भए ।

धनराज गिरी :
“तपाईंसित अमुक विषयमा केही बुझ्न परेको हुनाले अमुक महिनाको अमुक गते अदालत परिसरमा दिनको बाह्र बजे उपस्थित हुन यो पत्र सम्प्रेषण गरिएको छ । उल्लेखित समयमा हाजिर न भएमा प्रचलित कानूनानुसार कार्वाही गर्न अदालत बाध्य हुने छ !”
यो बेहोराको पत्र रवि, भानु, पदम, प्रेम, छवि र जीवनलाई एकैचोटी आयो, जिल्ला अदालतबाट । सबैको मनमा सुनामी लहर उत्पन्न भयो ।
“कसले के विषयमा मुद्दा हाल्यो ? केको उजुरी पर्यो ? किन हो यो अचानक ? कुन शत्रु लाग्यो ? राजनीति पो हो कि ?” सबैले यसरी नै सोचे ।अनेक कुरा खेल्यो मनमा । कुनै “गोप्य जी एफ” पो हो कि ? आफूले विगतमा गरेका भूलहरू एक एक सम्झिए । “मुद्दा” आजसम्म न बेहोरेका । समाजमा इज्जत कमाएका, सबै प्रोफेसर । “किन होला त नि ?” थेसिस गाइड गर्दाखेरिको आफ्ना लीलाहरू सम्झिए । फेसबुकमा गरेको लीला सम्झिए ।
“त्यस्तो जघन्य भूल त भएजस्तो लाग्दैन ! केको भाउतो हो यो ?” उही हालत सबै प्रोफेसरहरूको । नीद न भोक भयो । कसैलाई भन्न पनि सकेनन् । तारिखको दिन आयो । “अब जे त पर्ला !” गए अदालत ।
ठिक बाह्र बजे पुगे । सबैले सबैलाई हेरेर जिल्लिए । अनुहार कालोनीलो, सबैको । “सरहरू सबै ऊ त्यो कोठामा जाने ! न्यायाधीश साहेबको आदेश ।”परिचरजस्तो देखिने पात्रले भन्यो । उतै गए । अधिवक्ता कमल पाठक, नेम प्लेट, भित्र जान खोज्दा, “वेलकम सरहरू, बी कम्फोटेबल !”
अभिवादनसहित स्वागत गर्यो वकिलले । अनुहार उज्यालो थियो । अलिपर कुर्सीमा पीठ फर्काएर एक पात्र, घनटाउके, भीमकाया, बसेको थियो । “हजुरहरूलाई मुद्दा दिने उहाँ नै हो । अरू कुरा उहाँले नै भन्नुहुनेछ ! सर, अभियुक्तहरू हाजिर भए ।
फरक्क फर्कियो मुद्दा दिने पात्र । सबैको अनुहार हेर्नलायक, सामुन्नेमा सबै बालसखा “प्रोफेसर जगमोहन आजाद !”
“साले आजाद, के हो तेरो पारा ? किन मुद्दा हालेको ? के हो हाम्रो जूर्म !?” सबै बोले, रिसाएजस्तो गरेर । “साले हो, गुलजारको शेर पढेको होइन ? मुलाकात भयो नि ? किन कहिल्यै पनि नसम्झेको त ? लौ हिँड, सकियो मुद्दा ! आज मज्जाले बसेर गफ गर्ने हो । साथीभाइको कुनै मतलब छैन ! कमल, ल हाम्रो एउटा फोटो लिनू त,क्याप्सनमा एउटा उखान राख है !” आजादको आदेश ।
सबै साथीहरू सम्पूर्णमा गएर साहित्यिक गफ गरे र आजादकै सिफारिसमा केही साहित्यिक किताबहरू किने । “सातो लियो साले आजादले ! सालेले देश देशावरको पोस्ट पढेछ, सरसर्ती अदालत आउने बनायो ! गुलजार साहेबलाई धन्यवाद !” रवि बोल्यो । रात, खीरालय,आजाद निवास ।
०००
बछौली, चितवन
Subscribe
Login
0 Comments
Oldest








































