साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माथि पुग्नुस्

सबै कुरा जायज भयो शक्तिको खेल खेल्दा कसैलाई अरू नसके नि पाउ धुने क्षमता देखाएर माथि पुग्नुस् ।

Nepal Telecom ad

देवराज तिवारी :

कि गोरु पनि दुहुने क्षमता देखाएर माथि पुग्नुस्
कि पिँधबाटै चुहुने क्षमता देखाएर माथि पुग्नुस्

अस्वस्थ दिमागमा स्वस्थ बच्चा किन खोज्नुहुन्छ
नकुर्नुस् नौ महिना तुहुने क्षमता देखाएर माथि पुग्नुस्

चौडा छाती र उठेको शिरमा रमाएर के गर्नुहुन्छ
धनुष जस्तै नुहुने क्षमता देखाएर माथि पुग्नुस्

राष्ट्रिय स्वाभिमानका चर्का कुरा हात्तीका दाँतजस्तै हुन्
बरु त्यो आलु जस्तै कुहुने क्षमता देखाएर माथि पुग्नुस्

सबै कुरा जायज भयो शक्तिको खेल खेल्दा कसैलाई
अरू नसके नि पाउ धुने क्षमता देखाएर माथि पुग्नुस् ।

०००
स्थायी घर बुटवल  ११, कालिकानगर– रुपन्देही
हाल कार्यरत हेटौँडा–४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज लागेजस्तो

लाज लागेजस्तो

देवराज तिवारी
‘हुइयाँ’

‘हुइयाँ’

देवराज तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x