साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओ महोदय

रोग हामीलाई अभाव हामीलाई दुःख र कष्ट हामीलाई गुदी आफूले खाएर बोक्रा किन हामीलाई । ओ महोदय ! अब के दिन्छौ हामीलाई ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

महल उनैको फाँट उनैको
बाटो उनैको घाट उनैको
सुर्य उनैको रुख उनैको
हँसिया उनैको हलो उनैको
गिलास उनैको थाल उनैको
शङ्ख उनैको घण्ट उनैको
शिक्षा उनैको स्वास्थ उनैको
डाक्टर उनैको औषधि उनैको
तोक उनैको आदेश उनैको
भनेको नमाने न्याय उनैको
बजार उनैको भाउ उनैको
भोको पेट उफ्रने हामी
आन्दोलनमा तगारो बन्ने हामी
बेरोजगारी हामी
खाली हात गुजारा चलाउने हामी
गोली छातीमा थाप्ने हामी
ओ महोदय !
सधैं रित्तै किन हामी ?
महँगी हामीलाई
रोग हामीलाई
अभाव हामीलाई
दुःख र कष्ट हामीलाई
गुदी आफूले खाएर
बोक्रा किन हामीलाई ।
ओ महोदय !
अब के दिन्छौ हामीलाई ।

०००
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x