साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्यशृङ्खला (४३)

गाली साथ कुनै ताली दिनुपर्छ घरि घरि । ऊर्जा बालकमा मिल्छ घामपानी मिलेसरि ॥ साथमा झुम्मिने गर्छन् सम्झिएर निरञ्जन । दयाका कण बर्सिन्छन् देव तुल्य सजीवन॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

मन शान्त भए हाम्रो घरमा शान्ति छाउँछ ।
घर शान्त हुँदा त्यस्तै गाउँ प्रफुल्ल बन्दछ ॥२५०॥

गाउँ हाँस्न सके मात्र राष्ट्र हाँस्छ निरन्तर ।
प्रसन्न लोक बन्ने छ भ्रान्ति भाग्छ सबै पर ॥२५१॥

युवाको साथ चाहिन्छ वृद्धका अभियानमा ।
सचेतना जगाएर हर्ष साटौँ तमाममा ॥२५२॥

नानी बाबुहरू हाम्रा अनुशासनमा हिँडी ।
अनुगृहीतका साथ चढ्न सक्छन् उँचो सिँढी ॥२५३॥

फलका बोटमा काँडा हुनसक्छन् कतै तर ।
दोष मात्र लिए सारा मिठो व्यञ्जन मिल्छ र? ॥२५४॥

दुधालु धेनुको केही लात्ती सहनु पर्दछ ।
झर्किँदा रसिलो वस्तु कसरी हात लाग्दछ? ॥२५५॥

मित्रझैँ ठान्नुपर्ने छ बाल्य आसनका भुरा ।
ज्ञान साझा गराएर मिल्दछन् प्रविधि कुरा ॥२५६॥

गाली मात्र गरे हाम्रा बालबच्चाहरू पर ।
तर्किएर सदा भाग्छन् साथमा हुन्न आदर॥२५७॥

गाली साथ कुनै ताली दिनुपर्छ घरि घरि ।
ऊर्जा बालकमा मिल्छ घामपानी मिलेसरि ॥२५८॥

साथमा झुम्मिने गर्छन् सम्झिएर निरञ्जन ।
दयाका कण बर्सिन्छन् देव तुल्य सजीवन॥२५९॥
क्रमशः

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x