सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ताला फोडेर भित्रिए !

आँखfमा फूल राख्नेले काँडा देख्दैन प्रष्ट छ कसरी राष्ट्र यो देख्ला स्वयम् नेतृत्व भ्रष्ट छ ॥ जितको पगरी भन्दा हारको हार सुन्दर हुन्छ भन्ने नबुझ्नाले पछाडि दौडियो नर ॥

Nepal Telecom ad

उत्तम विचार :

जनताले रुचाएनन् हारेँ हिजो चुनावमा
झ्यालबाट छिरेँ आज छिर्नै पर्ने दबाबमा ॥१।

अधिकार दिलाएर जनता हुन् जनार्दन
भनियो मुखले बोकी झोले कामले बन ॥२।

हो राष्ट्रिय सभा भन्छन् हार्नेहरू पुगे जहाँ
तिरस्कृत हरूबाट होला के हित राष्ट्रमा ।३।

जसरी हुन्छ कुर्सीमा टाँसिने रैछ आदत
कुर्सी पुज्नेहरू देखि हैरान छु सधैँ म त ॥४।

सिर्जनात्मक सत्कर्म भए अचम्म भो अब
सुध्रिए ठान्दछन् नेता बढाए राष्ट्र गौरव ॥५।

भासमा भासियो देश भन्दाभन्दै उठाउलान्
मिलाई हातमा हात मिठो जोग जुटाउलान् ॥६।

रहेमा राष्ट्र गर्नेछौ राजनीति यसैगरी
नरहे राष्ट्र गर्नेछौ सत्तारोहण के गरी ॥७।

आँखfमा फूल राख्नेले काँडा देख्दैन प्रष्ट छ
कसरी राष्ट्र यो देख्ला स्वयम् नेतृत्व भ्रष्ट छ ॥८।

जितको पगरी भन्दा हारको हार सुन्दर
हुन्छ भन्ने नबुझ्नाले पछाडि दौडियो नर ॥९।

राम्रो काम हुँदा ढोका सधैँ खुल्ला हुने थिए
चावी छ हातमा भन्थे ताला फोडेर भित्रिए ॥१०।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
निल्न दे !

निल्न दे !

उत्तम विचार
आम माफी

आम माफी

उत्तम विचार
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख