साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताला फोडेर भित्रिए !

आँखfमा फूल राख्नेले काँडा देख्दैन प्रष्ट छ कसरी राष्ट्र यो देख्ला स्वयम् नेतृत्व भ्रष्ट छ ॥ जितको पगरी भन्दा हारको हार सुन्दर हुन्छ भन्ने नबुझ्नाले पछाडि दौडियो नर ॥

Nepal Telecom ad

उत्तम विचार :

जनताले रुचाएनन् हारेँ हिजो चुनावमा
झ्यालबाट छिरेँ आज छिर्नै पर्ने दबाबमा ॥१।

अधिकार दिलाएर जनता हुन् जनार्दन
भनियो मुखले बोकी झोले कामले बन ॥२।

हो राष्ट्रिय सभा भन्छन् हार्नेहरू पुगे जहाँ
तिरस्कृत हरूबाट होला के हित राष्ट्रमा ।३।

जसरी हुन्छ कुर्सीमा टाँसिने रैछ आदत
कुर्सी पुज्नेहरू देखि हैरान छु सधैँ म त ॥४।

सिर्जनात्मक सत्कर्म भए अचम्म भो अब
सुध्रिए ठान्दछन् नेता बढाए राष्ट्र गौरव ॥५।

भासमा भासियो देश भन्दाभन्दै उठाउलान्
मिलाई हातमा हात मिठो जोग जुटाउलान् ॥६।

रहेमा राष्ट्र गर्नेछौ राजनीति यसैगरी
नरहे राष्ट्र गर्नेछौ सत्तारोहण के गरी ॥७।

आँखfमा फूल राख्नेले काँडा देख्दैन प्रष्ट छ
कसरी राष्ट्र यो देख्ला स्वयम् नेतृत्व भ्रष्ट छ ॥८।

जितको पगरी भन्दा हारको हार सुन्दर
हुन्छ भन्ने नबुझ्नाले पछाडि दौडियो नर ॥९।

राम्रो काम हुँदा ढोका सधैँ खुल्ला हुने थिए
चावी छ हातमा भन्थे ताला फोडेर भित्रिए ॥१०।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x