साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुमार्ग

मुख्य लक्ष्य नै ती अनुभवी महान् गुरुहरू जस्ता वृद्धवृद्धाहरूबाट आफ्ना घरमा हजुरबा हजुरआमासँग रम्न नपाएका घरका नानीबाबुहरुले यहाँ जीवन र जगतका सबैकुरा साक्षात् देख्न र पर्घेल्न पाउँछन् ।

Nepal Telecom ad

पी पी कोइराला :

“यो ठूलो खाली चौरमा अब के गरौँ सर मिसहरू?“
अझैँ भवनै बनाउने दाउमा रहेका प्रअले स्टाफ मिटिङमा यो कुरा राखे । धेरैले प्रअको कमाउने दाउ शुरु भो भनी शङ्का गरे ।

“विद्यार्थीहरु बढ्ने भन्दा पनि घट्ने क्रम जारी छ । यस तर्फ चाहिँ ध्यान जाओस न, सर”, नयाँ शिक्षिका सबिताले गम्भिरता जनाइन् ।
“अनौँठो काम गरौँ न” सबैभन्दा जेष्ठ शिक्षिका रजनीले पनि गम्भीर भएर प्रस्ताव राखिन् ।
सबैका कान त्यतातिर फर्किए ।
उनले भन्दै गइन्, “नेपाली समाजभित्रको टड्कारो समस्यामा हात हालौँ न ?”
सबैजना झनै चनाखो भए ।

“यी मिसले अब के भन्ने हुन” सोचेर प्रअ डराए ।
उनले फेरि भनिन्, “हाललाई एक तले चार कोठे भवन बनाउँ न सर ।”
सबै स्टाफ चकित परे ।

“के के न नयाँ काम भनेको त !” सविता मिस मुरमुरिन् ।
प्रअ चाहिँ खुशीले हर्षित भए । उनको अनुहार देखेरै केहि स्टाफहरूले मनमनै तुरुन्तै आँकडा निकाली हाले, “कम्तिमा पनि पाँच छ लाख त झ्वाम हुने नै भो । रजनी मिस पनि खान पल्केकी रछिन् । मान्छेलाई चिन्नै गाह्रो ।”
रजनी मिसले तुरुन्तै प्रष्ट पारिन्, “त्यो नयाँ घरमा यहीँ टोल बस्तीका सत्तरी वर्ष नाघेका वृद्धवृद्धाहरू बस्नेछन् । उनीहरूका लागि चाहिने आवश्यक सबैकुरा यहाँ हुनेछ ।”

प्रअ छाँगाबाट खसेझैँ भए । उनले मिसलाई हकार्दै भने, “काहीँ नभाको जात्रा । दसौँ हजार विद्यालयहरू जुन बाटो हिँड्छन् त्यतै जान छोडेर हामी चाहिँ ? हैन, यति उमेर काटिसक्दा पनि नचाहिँने कुरा गर्ने तपाईं ? यसबाट स्कुललाई के फाईदा हुन्छ र ?”

मिसले तुरुन्तै भनिन्, “वृद्धवृद्धाहरूप्रति सकारात्मक सोच बढाउने पहिलो तरिका अपनाएको भनेर नाम चल्ने छ ।” प्रअले फेरि थर्काए, “घरहरूमा बसिरहेका बुढाबुढीलाई निकालेर झन विथोल्ने काम सोच्नु भाको ?”

रजनी मिसले उच्च स्वरमा भनिन्, “होइन सर । धेरै घरहरूमा उहाँहरूलाई हेला भाको छ । कोठाहरूमा सुत्न, आराम गर्न, असुविधा भाको छ । घरका सदस्यहरूको लापर्वाहीले गर्दा सरकारले दिएकै वृद्ध भत्ताको दुरुपयोग भाको छ । समय नदेर निशुल्क औषधि उपचारको पनि अनुपयोग भएको छ । मनोरञ्जन र खेलकुदको कुरा त हाँसेरै उडाउँछन् । अनि सबभन्दा मुख्य कुरा नब्बे प्रतिशत घरमा त बुढाबुढीहरुका लागि दया, माया, करुणा र श्रद्धाको अभाव छ । कतिपय सन्तानले त विदेशमा लगेर पनि डिप्रेसन हुनेगरि दुर्व्यवहार गरेका छन्”

प्रअले रन्किँदै भने, “त्यसो भए यो विद्यालय हुन्छ कि वृद्धाश्रम ? कि केटाकेटीहरुलाई शिक्षा दिने काम छोड्ने हो ?” मिसले शान्त र हँसिलो मुद्रा बनाएर भनिन्, “छोड्ने होइन सर ! मुख्य लक्ष्य नै ती अनुभवी महान् गुरुहरू जस्ता वृद्धवृद्धाहरूबाट आफ्ना घरमा हजुरबा हजुरआमासँग रम्न नपाएका घरका नानीबाबुहरुले यहाँ जीवन र जगतका सबैकुरा साक्षात् देख्न र पर्घेल्न पाउँछन् ।”

०००
धरान-१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x