साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल भाषाका साहित्यकार इन्द्र मालीकाे निधन

नेपाल भाषा साहित्यका सुप्रसिद्ध साहित्यकार इन्द्र मालीको आज बिहान निधन भएको छ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो।

Nepal Telecom ad

काठमाडाैं, २०८० माघ १७ । नेपाल भाषा साहित्यका सुप्रसिद्ध साहित्यकार इन्द्र मालीको आज बिहान निधन भएको छ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो।

पारिवारिक श्रोतको अनुसार मुटुको रोगी उहाँलाई अक्सिजन लेभल घटेको कारण बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगिएको थियो। सोही अस्पतालमा आज उहाँको निधन भएको हो ।

अस्पतालमै उपचारको क्रममा पीसीआर जँचाउँदा अहिले रिपोर्ट पोजिटिभ आएको कुरा जानकारी हुन आएको छ।

पीसीआर पोजिटिभ आएको कारण अब उहाँको पार्थिव शरीर परिवारलाई नदिने सेना आएर सदगति गर्न लैजाने हुनाले परिवार यतिखेर बढी चिन्तित छन्।

मालीको ‘झीगु भांप्ः झीगु खँग्वः’ मौलिक कृति लगायत ‘शशीका केही गीत’, ‘भावना’ आदि सम्पादित अनुवादित कृतिहरू प्रकाशित छन्।

केही समय यता उहाँ “नेवाः हाइकु” नामको पत्रिकाको सम्पादनमा व्यस्त हुनुहुन्थ्यो।

०००
श्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x