साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्ग्रहालयमा अब

नेता शहरमा पस्छन् चुनिए पछिका दिन मोज मस्ती उनैमा छ खन्याई जन मा ऋण हुँनेछन् भ्रष्टका साथ मिथ्या शब्द विसङ्गति राखौँ भो यिनका तर्क सङ्ग्रहालयमा लागि ।

Nepal Telecom ad

दुर्गाप्रसाद सिग्देल :

पाँच तोरे पुगेकैले कोदाको पनि भाउ छ
भट्ट गुन्द्रुक झैँ बड्ने मकैको झज दाउ छ
फापर पनि अन्नै हो भनी किसान बढ्दछ
नत्र तस्विरले मात्र सङ्ग्रहालय भर्दछ ।

भोज्य चूस्य अझै पेय खाने गर्दछ मानिस
गण तन्त्र व्यवस्था झैँ देख्छौँ समानुपातिक
पदको मदमा नाच्ने कर्मचारी र संसद
यस्तो सङ्घीयता राखौँ सङ्ग्रहालयमा अब ।

ढिकी जाँतो चुलेँसी र हलो जुवा समेत को
ठेकी घुर्रो मदानी झैँ दुँदेरो र कुँडे भयो
धोती साडी पटुकी र बाइँ या नथिया फुली
ढाकरसम्म रम्रीयो सङ्ग्रहालयमा पुगि ।

नेता शहरमा पस्छन् चुनिए पछिका दिन
मोज मस्ती उनैमा छ खन्याई जन मा ऋण
हुँनेछन् भ्रष्टका साथ मिथ्या शब्द विसङ्गति
राखौँ भो यिनका तर्क सङ्ग्रहालयमा लागि ।

अघि उद्योग थे हाम्रा जिनिस जनमा दिए
आवस्यक्ता कयौँ हाम्रा केही पूणर् हुँदै थिए
नत छन् उद्यमी राम्रा गर्छ निर्यात क्यै अरु
राखौँ तस्विर नै तिन्को सङ्ग्रहालयमा बरू ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x