साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिकटक

एक दुई जनाले गल्ती गर्‍यो भनेर तपाईं मन्त्रीहरूले सबै सुचना सम्प्रेषण गर्ने टिकटक चलाउने माथि मात्र हैन सूचना श्रवण गर्ने आम जनताको अधिकारमाथि पनि जुन प्रतिबन्ध लगाउनु भएको छ, त्यो गलत छ ।

Nepal Telecom ad

श्यामप्रसाद श्रेष्ठ :

मन्त्रीले “ऐया ! नि मरे बाबा” भनेर चिच्याएको सुनेर वरिपरिका सबै मानिसहरू जम्मा भए । मन्त्रीको सुरक्षाकर्मीले ढुङ्गा हान्ने बटुवालाई तुरुन्तै समाए । मन्त्रीले निधारबाट रगत बग्न रोक्न हातले छोप्दै बटुवालाई सोध्यो- “तिमीले मलाई किन ढुंगा हानेको ?”

बटुवाले निडर भै भन्यो, “एउटा मन्त्रीले भ्रष्टाचार गरेको थियो यसैले ढुंगा हानेको ।”

मन्त्रीले रिसाउँदै बोल्यो- “के त्यो भ्रष्टाचार गर्ने मन्त्री म नै हुँ ?”

-“होइन, तर मन्त्री सबै भ्रष्टाचारी नै हुन्छन ।”

-“हे मूर्ख ! एउटा मन्त्री भ्रष्टाचारी भयो भन्दैमा सबै मन्त्री भ्रष्टाचारी हुन्छन त ? जसले भ्रष्टाचार गरेको थियो,उसलाई पो कार्वाही गर्ने हो । सबै मन्त्री माथि हैन नि !”

“मन्त्रीज्यू ! मैले पनि यहिँ खोजेको हुँ । केही टिकटक बनाउने व्यक्ति, संघसंस्थाले समाजमा, राष्ट्रमा अश्लिल, विकृति विसंगति फैलायो भनेर आम टिकटक बनाउने र आम श्रोता माथि नै प्रतिबन्ध लगाउनु पर्ने त थिएन नि । अधिकांश टिकटक स्वस्थ मनोरन्जनात्मक थियो, सामाजिक, आर्थिक, राजनैतिक विकृति, विसंगतिको उजागर गरेको थियो, एक दुई जनाले गल्ती गर्‍यो भनेर तपाईं मन्त्रीहरूले सबै सूचना सम्प्रेषण गर्ने टिकटक चलाउने माथि मात्र हैन सूचना श्रवण गर्ने आम जनताको अधिकारमाथि पनि जुन प्रतिबन्ध लगाउनु भएको छ, त्यो गलत छ । त्यसैले त्यस किसिमको गैर टिकटक निर्माण गर्ने प्रवृतिमाथि मात्र प्रतिबन्ध लगाउने हो, आम टिकटक निर्माण गर्ने प्रविधिमाथि हैन !”

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x