बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

आमाको सम्झनामा

तिनै आमाको हो अचुक ऋणझैँ यो जिन्दगानी पनि उनैले रोपेको सुमन सरिको हो देह हाम्रो अनि नछोपी मायाले तन छ कलिलो हुकिन्छ यो के गरी? रूँदै बित्छन् होला दिन सब हरे! सम्वेदनाको घरी॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

मुमा टाढाबन्दा प्रहर सुखको साह्रै गरायो खती
गलायो देही झन् विरह बहले आएन ऊर्जा रती
कहाँ देखूँ भेटूँ मनबिच भयो लागेर चिन्ता अति
छ छातीमा घाहा हृदय चिरिने पाइन्न खै ओखती॥

थियो आसा धेरै लुटुपुटु गरी बस्ने र हाँस्ने अति
छुटायो नाता यो किन र कसले साह्रै गरायो खती
कहाँ होला हाम्रो मिलन मधुरो साह्रै भयो उल्झन
बसौँला छायामा कुन दिन मुमा भन्दै रमाईकन?॥

भयो नर्कैजस्तो अति विरसिलो आमाविनाको धरा
सधैँ सम्झी रुन्छौँ यस अवनिमा पाइन्न भन्ने बरा
गइन् आमा हाम्री कुन मुलुकमा छोडेर बच्चा यहाँ?
रचेको द्यौताले गगन बिचको त्यो धाम होला कहाँ॥

पुगिन् आमा भन्छन् बुधजन सबै स्वर्गीय नै लोकमा
गएका फर्किन्न् किन अवनिमा को बस्छ पाले त्यहाँ?
सुनी अर्जी हाम्रो अब लगिदिउन् बोलुन् चराले उहाँ
रुँदै चिन्ताले नै दिनदिन सुके यी रक्त हाम्रा यहाँ॥

तिनै आमाको हो अचुक ऋणझैँ यो जिन्दगानी पनि
उनैले रोपेको सुमन सरिको हो देह हाम्रो अनि
नछोपी मायाले तन छ कलिलो हुकिन्छ यो के गरी?
रूँदै बित्छन् होला दिन सब हरे ! सम्वेदनाको घरी॥

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाम्रा वृद्ध

हाम्रा वृद्ध

रामशरण न्याैपाने
बोकाको दाइँ

बोकाको दाइँ

रामशरण न्याैपाने
बुढापाकाको मन

बुढापाकाको मन

रामशरण न्याैपाने
वृद्ध-चिन्तन- ३ : झुल्दैन छोरा अब

वृद्ध-चिन्तन- ३ : झुल्दैन...

रामशरण न्याैपाने
भो हन्तकाली नखा

भो हन्तकाली नखा

रामशरण न्याैपाने
अभिभावकको चिन्ता

अभिभावकको चिन्ता

रामशरण न्याैपाने
हाम्रा वृद्ध

हाम्रा वृद्ध

रामशरण न्याैपाने
“बा” काव्यांश- १३

“बा” काव्यांश- १३

दीनानाथ पाेखरेल
वृद्धावस्था

वृद्धावस्था

नवराज न्याैपाने माैन
आमाको चिठी

आमाको चिठी

लक्ष्मी थापा
“बा” (काव्यांश – १२)

“बा” (काव्यांश – १२)

दीनानाथ पाेखरेल