साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको सम्झनामा

तिनै आमाको हो अचुक ऋणझैँ यो जिन्दगानी पनि उनैले रोपेको सुमन सरिको हो देह हाम्रो अनि नछोपी मायाले तन छ कलिलो हुकिन्छ यो के गरी? रूँदै बित्छन् होला दिन सब हरे! सम्वेदनाको घरी॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

मुमा टाढाबन्दा प्रहर सुखको साह्रै गरायो खती
गलायो देही झन् विरह बहले आएन ऊर्जा रती
कहाँ देखूँ भेटूँ मनबिच भयो लागेर चिन्ता अति
छ छातीमा घाहा हृदय चिरिने पाइन्न खै ओखती॥

थियो आसा धेरै लुटुपुटु गरी बस्ने र हाँस्ने अति
छुटायो नाता यो किन र कसले साह्रै गरायो खती
कहाँ होला हाम्रो मिलन मधुरो साह्रै भयो उल्झन
बसौँला छायामा कुन दिन मुमा भन्दै रमाईकन?॥

भयो नर्कैजस्तो अति विरसिलो आमाविनाको धरा
सधैँ सम्झी रुन्छौँ यस अवनिमा पाइन्न भन्ने बरा
गइन् आमा हाम्री कुन मुलुकमा छोडेर बच्चा यहाँ?
रचेको द्यौताले गगन बिचको त्यो धाम होला कहाँ॥

पुगिन् आमा भन्छन् बुधजन सबै स्वर्गीय नै लोकमा
गएका फर्किन्न् किन अवनिमा को बस्छ पाले त्यहाँ?
सुनी अर्जी हाम्रो अब लगिदिउन् बोलुन् चराले उहाँ
रुँदै चिन्ताले नै दिनदिन सुके यी रक्त हाम्रा यहाँ॥

तिनै आमाको हो अचुक ऋणझैँ यो जिन्दगानी पनि
उनैले रोपेको सुमन सरिको हो देह हाम्रो अनि
नछोपी मायाले तन छ कलिलो हुकिन्छ यो के गरी?
रूँदै बित्छन् होला दिन सब हरे ! सम्वेदनाको घरी॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x