साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता

Nepal Telecom ad

‘बा, यसो हिँड्ने डुल्ने गर्नोस् न । यसरी बसिरहेपछि त कुज्जिनु होला नि ।’ {{read_more}} height=

सहर बस्ने छोरो बिरामी बाबुलाई भेट्न र उनको उपचार गर्ने उद्देश्यले घर आएको थियो । आउनासाथ ढोग गरीवरी बाबुलाई सोध्यो– ‘बा, के भयो तपाईंलाई ?’

‘के हुन्थ्यो बाबै, हेर यी कुर्कुच्चा, पिंडौला, दुखेर डुल्न पनि सकिन ।’

उसले बाबुका खुट्टाका कुर्कुच्चा हे¥यो, धुलो र चिसोले होला, फुटेर छियाछिया परेका देख्यो । बेलुका सुत्ने बेलामा खुट्टामा तेल लगाइदिँदै भन्यो– ‘बा, अब भोलिदेखि जी जुत्ता नलगाइकन कतै नहिँड्नु । खुट्टा दुख्दैनन् ।’

भोलिपल्ट छोराले ल्याइदिएका जुत्ता लगाएर बुढा बाहिरिए । अलि पर पुगेका थिए । खुट्टा लगलगी काम्न थाले । बुढा थुचुक्क बसे ।

बेलुका छोराले सोध्यो– बा, आज कस्तो भयो ?’

‘के कस्तो हुन्थ्यो र, उस्तै त हो नि ।’ उसले जुत्ता हे¥यो । जुत्ता अलिक कडा मान्यो । खुट्टा हे¥यो कुर्कुच्चाका चिरा अझै ज्युँका त्युँ नै थिए ।

भोलिपल्ट – ‘बा, हेरी यी जुत्ता लगाउनोस् त ।’ नयाँ जुत्ता लगाइदियो ।

अर्को दिन – ‘बा, आज कस्तो भयो ?’ बाबुको जवाफ आयो । उसले कुर्कुच्चा र जुत्ता हे¥यो ।

अर्को दिन – ‘बा, यी जुत्ता लगाउनोस् त ।’

अर्को दिन – ‘बा, आज यी जुत्ता लगाउनोस् ।’ उसले बजारमा पाइने सबैभन्दा उच्च कोटीका महँगा जुत्ता किेनेर ल्याइदिएको थियो ।

’ए बाबु, होइन तैले कति जुत्ता मात्रै फेर्न भन्छस् ? कतै पाइने भए यी मक्किएका हाड फेर्नु हुन्थ्यो …. खोजेर ले न ।’
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
राहत

राहत

टीकाराम रेग्मी
दशैंसँगै रित्तिएकाे मन

दशैंसँगै रित्तिएकाे मन

रामप्रसाद पन्थी
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x