साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कामरेड खादूरामको खानपिन 

Nepal Telecom ad

बैठक जारी छ । दिउँसोको आधा घण्टाको ब्रेकमा बाहिर निस्केर कोही चुरोटतिर लाग्छन्, कोही खैनी–गुट्काका फाँक हाल्न थाल्छन् । कामरेड खादूराम चाहिँ ग्यास्ट्रिक अल्सरका रोगी, पेट खाली राख्नै नहुने, २/२ घण्टामा केही न केही खानै पर्ने ।

“यसो केही खाएर आउँला, राति कतिबेला हुने हो..!” 
उनी अर्का कामरेड छद्मलाललाई लिएर क्यान्टिनतिर छिर्छन् । केही कामरेडहरू खाजा अर्डर गरेर गफ चुटिरहेका देखिन्छन् …

खादूराम : के लिउँ त ?
छद्मलाल : मलाई त जे पनि चल्छ । बरू हजुरलाई…
खादूराम : उसो भा’ बफ मम नै लिउँ हुँदैन ? 
छद्मलाल : ठिकै छन्त !
खादूराम : ए भाइ‘ दुइटा ’ठुलोवाला’ मम यता है ‘!
पैली दुइटा चुरोट ल्याइहाल त !

(एकैछिनमा मम पनि आइहाल्छ)

कामरेड खादूरामले ममका डल्ला फुटाल्दै ममभित्रको तेल र मसलासितको मासु कपाकप पार्न थाल्छन् । 
छद्मलाललाई बडो अचम्म लाग्छ–

छद्मलाल : किन कमरेड ! भित्रको मात्रै ?
खादूराम : डक्टरले सकभर बाहिरको नखानू भन्या’ छ, त्यसकारन्…..।

–शेषकान्त गौतम
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x