साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाङ्ग्रेलाई मृत्युदण्ड 

Nepal Telecom ad

यसपाली पाङ्ग्र्रेले height=
तिनवटा बलात्कार गर्यो
ह्याट्रिकै गर्यो {{read_more}}
किसोर छँदा बृद्धालाई गर्यो  
युवा छँदा किशोरीलाई ग¥यो
आज बुढो भाएपछि पनि 
दश बर्षे बलिकालाई ग¥यो
न जेल प¥यो न नेल प¥यो ।
 
महिला अधिकारबादीले
घोर बिरोध गरे  
नारा गरे, जुलुस गरे
बिरोध गर्दा, कोही जेलै परे
बल्ल सरकारले चासो ग¥यो
दुई चार दिन पाङ्ग्र्रे जेल पर्यो  
कहिले तारिक सर्यो
कहिले मुद्दा सर्यो
मुद्दाको दिन कहिले बिदा पर्यो
फैसला होला भन्दाभन्दै  टर्यो
एक दिन मुद्दा एक नम्बरमा पर्यो 
इजालसले गजबै गर्यो   
न्यायाधीश एक छिन आँखा थुने
पाङ्ग्र्रेको मुद्दा मजाले सुने
अर्डर अर्डर भन्दै हतौडा बोके
पाङ्ग्र्रेलाई मृत्युदण्डकै फैसला ठोके ।
 
आगो झैं खबर दन्कियो 
रेडियो टिभी यसैले रन्कियो
सहरमा जुलुस नारा घन्कियो
मृत्युजदण्ड दिन पाइँदैन 
यस्तो कानुन चाहिँदैन 
न्यायाधीश मुर्दाबाद
पाङ्ग्र्रे जिन्दाबाद
न्यायाधीशलाई कारवाही गर 
पाङ्ग्र्रेलाई वाहीवाही गर 
मानब अधिकारकर्र्मीले 
घोर बिरोध गरे
नारा गरे जुलुस गरे
उसैको लागि कोही जेलै परे
न्यायाधीशलाई सरकारले सरुवापत्र थमाइदियो
अर्कोे न्यायाधीशले पाङ्ग्र्रेलाई सफाइ दियो
पाङ्ग्र्रेलाई कसैले बधाई दियो
दश किलोको माला लगाइ दियो ।
फेरि एक दिन पाङ्ग्र्रेले
सात बर्षकी नाबालिकलाई बलात्कार गर्यो
अहिले पाङ्ग्र्रे फरार छ
थाह छैन यहाँ कस्तो कस्तो सरकार छ
कस्तो कस्तो मानबअधिकार छ 
यहाँ अझै यस्तै पाङ्ग्र्र्रेहरूकै जयजयकार छ । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x