साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेडहरू छन÷कमरेडहरू छैनन !

Nepal Telecom ad

उहिलै उहिलै  height=
कमरेडहरू खोज्न 
गाउँ जानु पथ्र्यो {{read_more}}
गाउँको पनि एकान्त ठाउँ !

अलि पछि कमरेडहरू गाउँभरि भए 
गाउँमा अटेसमटेस भएपछि
कमरेडहरूको सम्प्रदाय पनि र मन पनि 
कमरेडहरू सहर छिरे 
कमरेडहरू सहर कब्जा गर्न भनेर छिरे
अफसोच,
सहरले कमरेडहरूलाई कब्जा गर्यो !

अहिले 
कमरेडहरू सहरभरि छन्
सहरका पनि नदी किनारका बस्तीमा हैन
भव्य भव्य दरवारमा छन्
नदी किनारका बस्तीहरूमा
कमरेडलाई गाली गर्नेहरू छन् !

तपाई सितल निवास जानुस्
त्यहाँ कमरेडकी पनि कमरेड हुनुहुन्छ
(तपाई होइसिन्छ पनि भन्न सक्नुहुन्छ)
वहाँ राष्ट्र–माता कमरेड पनि
कुनै वेला कमरेड हुनुहुन्थ्यो !

तपाई बालुवाटार छिर्नोस्
त्यहाँ कमरेडका पनि कमरेड हुनुहुन्छ 
(तपाई होइसिन्छ पनि भन्न सक्नु हुन्छ)
वहाँ राष्ट्र–काका कमरेड पनि
कुनै वेला कमरेड हुनुहुन्थ्यो 
’छ इन्च छोटा करो’ 
यस्तो लाइनमा हुनुहुन्थ्यो 
कुनै वेला ती कमरेड
गोञ्जालोजस्तै थिए !

तपाई खुमलटार जानुस् 
त्यहाँ झन महा कमरेड हुनुहुन्छ 
कुनै वेला वहाँ
अज्ञात विद्रोही हुनुहुन्थ्यो 
इतिहासको चक्रवृत्ति व्याज खाएर
कमरेड इतिहासखोर हुनु भएको छ 
आफू कमरेड भएका दिन संझदै
वहाँ बेला बेला झस्कनु हुन्छ !

तपाई सिंहदरवार छिर्नुस् 
बाफ्रे बाफ्रे
त्यहाँ कमरेडहरूकै घुइँचो छ 
भोका स्यालजस्ता कमरेडहरू
हातमा फाइल बोकेर
मन्त्रालय चहार्दै हुन्छन् 
टेवुल पुछ्नेदेखि पुछाउँनेसम्म 
फाइल ओसार्नेदेखि सदर गर्नेसम्म
त्यहाँ कमरेड नै कमरेड भेटिन्छन् !

निर्माण व्यवसायीदेखि 
जग्गा दलालसम्म 
यतायात व्यवसायीदेखि
मान्छे दलालसम्म
(मान्छे व्यवसायका सवै रुपहरू)
सवैतिर कमरेड नै कमरेड
तर असली कमरेड पत्ता लाग्नु 
वर्मझियाको पेडा पसलजस्तै भएको छ !

तपाईं कसैगरी नागार्जुन पुग्नु भयो भने 
नागार्जुन दरवार निवासीले 
तपाईलाई भन्न सक्ने छन्–
“मैसापको बिहेमा गएको बखतबाट 
म पनि कमरेड भएँ नि !
पैले पो म राजा 
ऐले त म पनि कमरेड वा सो सरह 
वहाँहरू पनि 
कमरेड वा राजा सरह !“

फ्लासव्याक

कुनै समय थियो 
कमरेड शब्दको ओज थियो
गरिमा थियो, महिमा थियो 
’कमरेड’ यो शब्द उच्चारण गर्दा
एउटा प्रेमिल कम्पन छुट्थ्यो 
कमरेडहरू 
नानीहरूजस्तै प्रिय थिए 
आमा–बुवाजस्तै आदरणीय थिए 
लोभ–पापबाट मुक्त 
अर्कै धातुले बनेका प्राणी थिए ती !

हिजो आज 
कमरेड शब्द 
आवारा केटाहरूले
या सेना प्रहरीले 
रिसाउँदा प्रयोग गर्ने थेगोजस्तै 
अपशब्द भएको छ अश्लिल भएको छ !

देशैभरि कमरेडहरू छन् 
तर 
चित्तले खाएको एउटै कमरेड भेट्न मुस्किल छ !

आऊ !
इतिहासखोरहरूको जिब्रोबाट
कमरेड शब्द खोसौं 
र असली मानिसहरूलाई फिर्ता दिऊँ ।

२०७५ मंसिर, १२
सल्लाघारी, भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राम राम राम ! हरि हरि हरि !!

राम राम राम !...

बलराम तिमल्सिना
फेरि पनि कमरेडकै कुरा

फेरि पनि कमरेडकै कुरा

बलराम तिमल्सिना
दुई पात्रका दुई कथा !

दुई पात्रका दुई कथा...

बलराम तिमल्सिना
पुत्ला र पुतलीहरू !

पुत्ला र पुतलीहरू !

बलराम तिमल्सिना
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x