साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुत्ला र पुतलीहरू !

Nepal Telecom ad

 height=जतिसुकै पहलमान देखिउन्
पुत्लाहरू पुत्ला नै हुन् 
जतिसुकै सुन्दर देखिउन् {{read_more}}
पुतलीहरू पुतली नै हुन् 
अर्थात–
झुम्राका पुत्ला र पुतलीहरू
केवल भ्रम उत्पादन गर्न हुन् !

हिजोआज 
बजारको दाना–पानीले 
लगातार भत्काइरहेछ
मान्छेको चरित्र
र धमाधम बनाइरहेछ
पुत्लाहरू र पुतलीहरू !

तपाईं बजारमा हिँडिरहेका
मानव आकृतिहरू हेर्नुस्
ती मान्छे कम पुत्ला बढी हुन्छन्
ती मान्छे कम पुतली बढी हुन्छन् !

पुत्ला र पुतलीहरू
जतिसुकै तगडा या सुन्दर देखिउन्
तीसँग दिमाग हँुदैन
सपना हँुदैन गन्तव्य हुँदैन
संकल्प हँुदैन सोच हँदैन 
ती त–
पुतली भए 
घरमा सजाउँन काम लाग्छन्
पुत्ला भए 
बारीमा ठड्याउँन काम लाग्छन् !

डरलाग्दो तथ्याङ्क के छ भने–
देशको युवा जनसंख्या
आधाभन्दा बढी 
पुत्ला र पुतलीको कब्जामा छ !

यो क्रम नरोकिने हो भने
भोलि यो देश 
मान्छेहरू निख्रिएर 
पुत्ला र पुतलीहरूको देश हुने छ !

ए यो देशका आमाहरू !
भोलिबाट तिमीहरू
पुत्ला र पुतली जन्माउँन बन्द गर !

स्कूल र कलेजहरू
तिमीहरूको पाठ्यक्रमबाट
पुत्ला र पुतली शिक्षा खारेज गर !

मलाई यो देश
मान्छेको भएको हेर्न मन छ !

२०७६।०३।२६
भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राम राम राम ! हरि हरि हरि !!

राम राम राम !...

बलराम तिमल्सिना
फेरि पनि कमरेडकै कुरा

फेरि पनि कमरेडकै कुरा

बलराम तिमल्सिना
दुई पात्रका दुई कथा !

दुई पात्रका दुई कथा...

बलराम तिमल्सिना
ऊ अर्थात ढाँटबहादुर !

ऊ अर्थात ढाँटबहादुर !

बलराम तिमल्सिना
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x