साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ अर्थात ढाँटबहादुर !

Nepal Telecom ad

 height=कैले,
उसैको टाङ्मुनि छिरेर 
उसैले हामीलाई सिध्याउँने भयो भन्छ । {{read_more}}
कैले,
उसैलाई काँधमा बोकेर
उनीहरूबाट खतरा छ भन्छ 
बन्दुक नै बन्दुकको घेराबाट कैलै
आत्तितै चिच्याउँछ–
’ऊ..ऊ मलाई मार्न आउँदै छन् !’

कैले,
रातो झण्डाले सिँगान पुच्छै भन्छ–
‘अरुले हामीलाई फुटाउँन खोज्दै छन्’
कैले,
विचलनसँगै मन्द मन्द मस्किदै भन्छ–
‘कसैले हामीलाई बिगार्न खोज्दै छन्’

कैले,
महाजनको बैठक कोठामा बसेर 
महाजनसँग तिघ्रा खप्ट्याएर भन्छ–
‘सत्य सत्य राम राम,
अब तपाईंको हुँदो गर्ने पालो हो’
कैले,
मजदुरको आधा रोटी माग्दै भन्छ–
‘आहा ! इतिहासको याद आयो,
म त उहिलैदेखि तिम्रै हुँ नि !’

एता पनि ढाँट्छ, उता पनि ढाँट्छ 
एता हात चाट्छ, उता जुत्ता चाट्छ 
एता गैंडाको जिब्रोले चाट्छ
उता सक्कली जिब्रोले चाट्छ !

उसको लागि,
ढाँट्न कुनै दिवस आउँनु पर्दैन 
सँधै ढाँट्ने दिवस 
सँधै चाट्ने दिवस 
ऊ अर्थात ढाँटबहादुर !

२०७५।१२।२२
सुवर्ण चोक

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राम राम राम ! हरि हरि हरि !!

राम राम राम !...

बलराम तिमल्सिना
फेरि पनि कमरेडकै कुरा

फेरि पनि कमरेडकै कुरा

बलराम तिमल्सिना
दुई पात्रका दुई कथा !

दुई पात्रका दुई कथा...

बलराम तिमल्सिना
पुत्ला र पुतलीहरू !

पुत्ला र पुतलीहरू !

बलराम तिमल्सिना
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x