श्याम सापकोटाभोकतन्त्र
सपनामै रमाएर
सारा खुशी भर्न खोज्दा
मानो भेटिएन {{read_more}}
पाथी भेटिएन ।
घनघोर वर्षा हुँदा पनि
नाली बगाएन
पर्खाल लडाएन
खडेरि बिर्साएन ।
भदौरे घाममा पनि
मकै सुकाएन
व्यवहार देखाएन
भरोसा दिलाएन ।
चाडबाडमा पनि
आशिष जुराएन
छोरो फर्काएन
छोरी फर्काएन ।
अझ झन्
शीप बेच्दैछ
श्रम बेच्दैछ
रगत बेच्दैछ ।
Subscribe
Login
0 Comments
Oldest




































