साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरको बुट

Nepal Telecom ad

 height=हजुरको बुट सुम्सुम्याइरहँदा
म सोचिरहन्छु
किन मान्छे कसैको जुत्ता जति पनि
सम्मानित हुन सक्दैन ?

हजुरको बुटको जस्तो कर्णप्रिय
सत्य
अरू कुनै आवाज छैन
हजुरले जस्तै चिटिक्क मिलाएर लगाउन
अरू कसैले जानेकै छैन
हजुरको कालो चम्किलो बुटलाई
कुनै दिन
मैले अझ चम्किलो बनाउन नपाएको सुन्दा
नियास्रो मान्छन्
मेरा श्रीमती र छोराछोरी पनि ।

हजुरको बुट कहिल्यै फोहोर लागेन मलाई
त्यसलाई बोकेर हातमा
राखेर काखमा
पत्र पत्र केलाएर
हजुरले कुल्चेर आएका मजदुरका रगत
हजुरले कुल्चेर आएका सुत्केरीका स्तन
हजुरले कुल्चेर आएको आफ्नै वीर्य
कालो पोतेर छोपछाप पारेपछि
म मेरो भोक मेट्छु
तर, बुझ्दिनँ
हजुर किन मन पराउन्नुहुन्न कालो रङ ?

जुत्ता खोलेपछि
अलि पर तर्केर बस्नुहुन्छ
ता कि नछोइयोस् हजुरलाई
यी जुत्ता छोएका हातले
नलागोस् पालिसको रङ
हजुरको सफेद पोशाकमा
नआओस् पसिनाको गन्ध
हजुरले चपाएको पानमा मिसिएर
र देख्नु नपरोस्
आफ्नै जुत्ताले
कति धेरै फोहोर टेकेर जोगाउँछ हजुरलाई ।

हजुरका जुत्ता काला बनाउँदा बनाउँदै
मेरो दाह्री र कपाल सेता भइसके
मैले झारेको जुत्ताको धुलो
मैमाथि खनिएर
फुस्रा भइसके हातखुट्टा
आफूले आफैँलाई नचिन्ने गरी
बाक्लो भइसक्यो अनुहार
हजुर त उस्तै जवान देखिरहन्छु म ।

हजुर जस्तै भाग्यमानी छन् यी जुत्ता
घर पुग्नेबित्तिकै हजुरसँगै भित्रै जान्छन्
मै’सापले आफ्नै हातले जतनसाथ खोलिदिनुहुन्छ
र मिलाएर राखिदिनुहुन्छ ¥याकमाथि
जहाँ पालिस दल्ने मान्छे कहिल्यै जान सकेन ।

माफ गर्नुहोला हजुर
धेरै वर्षपछि आज मलाई
यो कालो पालिस
हजुरकै अनुहारमा पोत्न मन लागेको छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x