साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपममा काव्य वाचन

Nepal Telecom ad

 height=अनुपम सिर्जना प्रतिष्ठानको ८१ औँ शृंखला राजधानको कलंकीस्थित एडमार्क कलेजको सभाकक्षमा सम्पन्न भयो ।  {{read_more}} संस्थाका सल्लाहकार प्रा.डा. जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न सिर्जना वाचन कार्यक्रमको यस महिनाको शृंखला कविता विधामा केन्द्रित थियो । 

कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, मञ्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर थापा जिताली अतिथिका रूपमा तथा स्रष्टा नरनाथ लुइँटेल समीक्षकका रूपमा मञ्चासीन हुनुहुन्थ्यो । 

नयाँ पुराना सबै स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा ३० जना कविहरू सिर्जना वाचनामा सहभागी हुनुभएको थियो । सिर्जना वाचनमा सहभागी स्रष्टाहरूमा  संस्थाका अध्यक्ष भुवनहरि सिग्देल, हरि खनाल हरे, डा. जीवन अधिकारी, नरनाथ लुइँटेल, मणिराज सिंह, सुवास न्यौपाने, रमेशप्रसाद गौतम, डा. बमबहादुर थापा जिताली, यदुनाथ भट्ट गोर्खाली, ढुण्डीराज अर्याल, बद्रीप्रसाद अधिकारी, बेनीबहादुर थापा, बालकृष्ण सुवेदी, हरिशरण अर्याल, दुर्गा रिमाल अधिकारी, सुधा बाँसकोटा, गोपाल अधिकारी, जीतु खड्का, पुरुषोत्तम सिग्देलले आआफ्ना काव्य सिर्जना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा एडमार्क कलेज एवं विज्डम एकेडमीका विद्यार्थीहरूले पनि सिर्जना वाचन गर्नुभएको थियो । यसरी सिर्जना वाचन गर्ने स्रष्टाहरूमा ऋतु पाठक, प्रणीता पौडेल, प्राश्ना पौडेल, रज्ञा इटनी, सुलोचना मरासिनी, सुहाना श्रेष्ठ, साहिन प्रबिन, अस्मिता बराल, अस्मिन रिजाल, प्राञ्जल वाग्ले, मनिष गजुरेल, रसिल माली, रोबर्ट गैरे, प्रतीक घिमिरे, सरीता अधिकारी र निर्मला अधिकारी हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नरनाथ लुइँटेलले वाचित कवितामाथि समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभयो । उहाँले अधिकांश कविताको भावभूमि ‘आमा’सँग सम्बन्धित रहेको र सबैजसो स्रष्टाहरूका सिर्जनामा कालचेतना प्रस्टसँग प्रकट भएको विचार व्यक्त गर्नुभयो । संस्थाका महासचिव जितु खड्काले नव स्रष्टाहरूलाई अग्रजबाट सिक्न र आगामी दिनमा अझ सशक्त सिर्जना प्रस्तुत गर्ने सुझाब दिनुभयो ।

कार्यक्रमका अध्यक्ष प्रा. डा. जीवन अधिकारीले कविता लेखनका आफ्ना प्रारम्भिक अनुभवहरू प्रस्तुत गर्नुहुँदै सबैलाई धन्यवाद ज्ञापनका साथै समारोहको बिसर्जन गर्नुभएको थियो । संस्थाका सचिव बद्रीप्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x