साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘समृद्धिको सपना’ शीर्षकमा कविता प्रतियोगिता

Nepal Telecom ad

मुनाल क्लवको ३९ औं बार्षिकोत्सव तथा मुनाल पुस्तकालय ‘चन्द्रागिरि साहित्य सरोवर’को नियमित आठौं कविता वाचन एवं चनपा १५ भित्र रहेका विद्यालयहरुका {{read_more}}  छात्र, छात्रा बीच  ‘समृद्धिको सपना’ शिर्षकमा  कविता प्रतियोगिता २०७६ बैशाख १४ गते सम्पन्न भएको थियो । चनपा १५ भित्र रहेका ६ वटा विद्यालय मध्ये ४ वटाले सहभागिता जनाएका थिए । बिष्णुदेवी मा.वि., ब्राइट फयूचर मा.वि, प्राइम इङलिस स्कुल र ज्ञानसुधा एकेडेमी थिए । प्रतियोगीतामा भागलिने  कविहरु जम्मा १० जना थिए ।

प्राज्ञ गोपिन्द्र पौडेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा निलप्रसाद रेग्मी , लोकनाथ सिल वाल एवं प्रमुख अतिथीज्यूबाट केही महत्वपूर्ण पुस्तकहरु पुस्तकालयलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा मनतव्य दिने क्रममा प्राज्ञ गोपिन्द्र पौडेलले म आफु पनि घरमा फुर्सद भएका दिन वस्ने छैन साहित्य सरोवरको कार्यक्रममै हुने छु । यहां आउंदा मेरा लागि धेरै ज्ञानवर्धक हुनेछ । घरमा वस्नु भन्दा दोस्रो शनिवार यही आउन सवैलाई अनुरोध पनि गर्नु भयो । साथै आफुले प्रज्ञाप्रतिष्ठानवाट गर्न सक्ने सहयोगका लागि निरन्तर लागि पर्नेछु । कविता कसरी लेख्ने अझ छन्दमा कविता कसरी लेख्ने विषयमा तालीमको आयोजना गर्न पनि चन्द्रागिरि साहित्य सरोवरलाई सघाउने प्रतिवद्धता गर्नु भएको थियो । 

प्रतियोगी कविहरुको कविता छनौट निर्णयाक समितिमा प्रा.प्राज्ञ  केशव सुवेदी, डा. मधुसुदन गिरी एवं प्रा .रामप्रसाद शर्मा रहनु  भएको थियो । विजयी कविहरुको नामावली घोषणा डा. मधुसुदन गिरीले गर्नु भएको थियो । 

कविता प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश  २५००।, १५००।  र १०००। तथा सान्त्वना पुरस्कार बापत दुईजनालाई जनही ५००। पुरस्कार एवं प्रमाणपत्र रहेको थियो । प्रतियोगी कविहरुमा प्रथम हर्सना न्यौपाने, दोस्रा सुमी खड्का, तेस्रा ईशा पौडेल, सान्त्वना अनुषा घिमिरे, र सर्मिला चेपाङ हुनु भएको थियो ।  कार्यक्रममा प्रतियोगी कवि बाहेक दुईजना साना भाइवैनी लगायत अन्य ९ जनाले आफना कविता वाचन गर्नु भएको थियो । 

हरेक महिनाको दोस्रो शनिवार मुनाल क्लवमा आयोजना हुने चन्द्रागिरी साहित्य सरोवरको नवौं कार्यक्रम २०७६ जेठ महिना ११ शनिवार  हुने हुंदा सवै पुस्ताका कविहरुलाई सरोवर निमन्त्रणा गर्दछ ।  
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x